बाँकेमा परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिने पुरुष भन्दा महिला बढी
नेपालबहस संवाददाता
पुस ११, २०८० बुधबार ११:४८:३७
♦ रुद्र सुवेदी
११ पुस, नेपालगञ्ज । बाँकेमा परिवार नियोजनको अस्थायी साधनको अधिक प्रयोगका कारण स्थायी बन्ध्याकरण सेवा लिने पुरुषको तुलनामा महिलाको संख्या अत्यधिक रहेको पाइएको छ ।
नेपाल परिवार नियोजन संघ बाँके शाखा र जिल्ला स्वास्थ्य कार्यालय बाँकेद्वारा सञ्चालन गरेको १० वटा निःशुल्क बन्ध्याकरण शिविरबाट १० पुरुष र १ सय १५ महिला गरी १ सय २५ जनाले सेवा लिएको तथ्याङ्क अनुसार परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा लिनेमा पुरुषको संख्या भन्दा महिलाको अत्यन्तै बढी रहेको पाइएको हो ।
परिवार नियोजनको अस्थायी साधन प्रतिको आकर्षण बढ्नु र स्थायी बन्ध्याकरण गर्न डराउने प्रबृत्तिका कारण स्थायी बन्ध्याकरण गर्नेको संख्या घटेको नेपाल परिवार नियोजन संघ बाँकेका चिफ कन्सल्टेन्ट सर्जन डा. केएन जोशी बताउँछन् ।
उनले भने–‘जन्मान्तरको समय बढाउन प्रयोग गरिने अस्थायी साधनको प्रयोग गर्न सेवाग्राही आकर्षित हुन र अस्थायी साधनको प्रयोग नै समाधान हो भन्ने गलत बुझाईको कारण स्थायी सेवा लिनेको संख्या न्यून हुन गएको हो ।’
उनले मात्र दुई सन्तानबीचको जन्मान्तरको समय बढाउन अस्थायी साधन प्रयोग गर्नु पर्नेमा नियमित प्रयोग गर्दा खासगरी महिलाहरुमा मोटोपन, तथा विभिन्न प्रकारको साईड ईफेक्ट भई सेतो पानी बग्ने, महिनावारी नियमित नहुने, क्यान्सर जस्तो रोगका कारण स्वास्थ्यमा समस्या हुने गरेको बताए ।
शिविरमा सेवा लिन आएका सेवाग्राहीले सन्तानको रहर पुगेपछि स्थायी बन्ध्याकरण गर्न आएको प्रतिक्रिया दिए । शिविरमा पुगेर सेवा लिनेहरू मध्ये महिलाले नै किन त भन्दा पुरुषले बाहिरको कडा काम गर्नु पर्ने भएकोले श्रीमान भन्दा आफूले नै स्थायी बन्ध्याकरण सेवा लिन आएको प्रतिक्रिया छ ।
बाँकेका सबै पालिकामा सन्तानको रहर पुगेकाहरुका लागि लक्षित गरी सञ्चालन गरेको शिविरबाट १ सय २५ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन फोकलपर्शन देवनारायण उपाध्यायले जानकारी दिए ।
उनले परिवार नियोजनको शिविर सञ्चालन गर्दा सबै पालिकाको स्वास्थ्य प्रमुख तथा स्वयमसेविकालाई परिचालित गरी सन्तानको रहर पुगेका महिला पुरुषलाई शिविरमा सेवा दिने गरिएको बताए ।
नेपाल परिवार नियोजन संघ बाँकेका प्रबन्धक रश्मि श्रेष्ठले पहिला अस्थायी साधनको व्यापक उपलब्धता नहुनुको कारणले स्थायी सेवा लिनेको संख्यामा बृद्धि हुने गरेकोमा पछिल्ला केही वर्षयता भने स्थायी सेवा लिनेको संख्यामा पनि केही घटेको पाईएको बताईन ।
उनले भनिन- ‘ पहिला अस्थायी साधनको उपलब्धता न्यून हुनु अहिले प्रत्येक दिन, ७२ घण्टे, एक महिनादेखि ५ वर्षसम्मको उपलब्धता भएको कारणले पनि स्थायी रुपमा बन्ध्याकरण सेवा लिने सेवाग्रहीको संख्या घटेको हो ।’ उनले परिवार नियोजनको लागि अस्थायी साधन नै समाधान भने नभएको बताइन ।
उनले संघले परिवार नियोजनको स्थायी बन्ध्याकरण सेवा, अस्थायी साधन वितरण, प्रजनन अधिकारको बारेमा सचेतना अभियान, पाठेघरको मुखको क्यान्सरको जाँच जस्ता विभिन्न प्रकारका सेवा कार्यलयबाटै र घुम्ती शिविरबाट समेत दिदै आएको जानकारी दिइन ।
अस्थायी साधनको प्रयोग दुई सन्तानबीचको उमेर फरक बनाउने भए पनि सेवाग्राहीले त्यो कुरालाई नजर अन्दाज गर्दा स्थायी बन्ध्याकरण प्रति आकर्षण घटेको र अस्थायी साधनको प्रयोग बढेको सम्बन्धित क्षेत्रका विज्ञको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार