चलचित्र घरलाई इजाजतपत्र लिएर र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १३:५:२९
१२ पुस, काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र घरहरूले इजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले बोर्डबाट लिनुपर्ने इजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरेर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।
सूचनामा भनिएको छ, 'नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली,२०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने इजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।'
बोर्डले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र घर/चलचित्र प्रदर्शन इजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेस गर्न अनुरोध गरेको छ । सो अवधिभित्र कागज प्रमाण पेस नगर्ने चलचित्र घरहरूको सन्दर्भमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार