‘भूठान’ छायांकनका लागि हरिवंश आचार्य अमेरिकामा
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १६:१३:४६
१२ पुस, काठमाडौं । अभिनेता हरिवंश आचार्य विनोद पौडेलको निर्देशन रहने ‘भूठान’ छायांकनका लागि अमेरिका पुगेका छन् । सांस्कृतिक कार्यक्रमका लागि बेलायत पुगेका आचार्य उतैबाट अमेरिका पुगेका हुन् ।
उनले सामाजिक सञ्जालमा निर्देशक पौडेलसहित निर्माण टिमका अन्य सदस्यसँगको तस्विर राख्दै सुटिङका लागि अमेरिका पुगेको जानकारी गराएका हुन् । ‘ह्याप्पिएस्ट मेन इन दि वर्ल्ड’ अंग्रेजी शीर्षक रहेको सिनेमा हरिवंश आचार्यले अमेरिकामा पुुनर्वासमा गएका भुटानी शरणार्थीको भूमिका निर्वाह गर्नेछन् ।
चलचित्रको सुटिङ जनवरीको दोस्रो हप्ताबाट अमेरिकाको ओहायो राज्यमा सुरु हुनेछ । विनोद पौडेलकै लेखन रहेको चलचित्रमा दयाहाङ राई र जोयस पाण्डे पनि महत्वपूर्ण भूमिकामा रहनेछन् । यही चलचित्रको सुटिङका लागि दयाहाङ राई आउँदो माघ ६ गते अमेरिका प्रस्थान गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार