मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी
इन्द्र रिजाल
बैशाख ६, २०७६ शुक्रबार १७:४४:५६
काठमाडौं । मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् ।
साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौँमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।
मनोविज्ञानका विद्यार्थी, मनोविमर्शकर्ता, सामाजिक मनोविमर्शकर्ता तथा नर्सिङका विद्यार्थीलाई पहिलोपटक दिइएको उक्त प्रशिक्षणका क्रममा द स्कूल अफ साइकोलोजी नेपालका अध्यक्ष डा नरेन्द्र ठगुन्नाले मानसिक समस्याबाट प्रभावितको समस्या कम गर्न उपयुक्त विधिको मनोविमर्श सेवा जरुरी रहेको औँल्याए ।
अधिकांश समस्या औषधिबिना नै निको हुने भन्दै डा ठगुन्नाले आफूले मनोविज्ञानका अन्तर्राष्ट्रिय प्रशिक्षक बोलाइ साइको ड्रामा, सोसियोम्याट्री र समूहगत साइको थेरापीसम्बन्धी प्रशिक्षण दिएर दक्ष जनशक्ति उत्पादन गर्न लागेको जानकारी दिए ।
यही वैशाख ३, ४ र ५ गते १८ जना सहभागीलाई साइको ड्रामाका अन्तर्राष्ट्रिय प्रशिक्षक डा हार्ब प्रोपर र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाका निर्देशक म्याग्डेलियन जेयार्थनामले प्रशिक्षण दिएका थिए । यो कोर्सअन्तर्गत ५०० घण्टा तालीम लिएकाहरु तालीम सहजकर्ता बन्न सक्ने र ८०० घण्टा तालीम लिएपछि प्रशिक्षकका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने जनाइएको छ ।
इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाका निर्देशक म्याग्डेलियन जेयार्थनामले विश्वमा यस्ता प्रशिक्षण कार्यक्रमहरु नियमित हुँदै आएको भए पनि नेपालका लागि नयाँ भएको उल्लेख गर्दै यो विधिबाट मनोविमर्श सेवा दिँदा समस्या समाधान गर्न सहज हुने उल्लेख गरे।
विश्वमा प्रत्येक चारमा एक जनामा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या हुन्छ । नेपालमा २० प्रतिशत मानिसलाई कुनै कुनै मानसिक समस्या रहेको जनाइएको छ ।
आत्महत्या गर्ने मध्यमा ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या रहने र बेलैमा मनोविमर्श सेवा दिन सके यस्ता घटनाबाट जोगाउन सकिने मनोविद्हरुको भनाइ छ ।
त्यसैले मानसिक समस्यामा परेका व्यक्तिहरुलाई मनोविमर्श सेवा जरुरी रहेकाले गुम्सेर बसेका विचार बाहिर निकाल्नका लागि उपयुक्त विधि प्रयोग गर्न तालीमको आयोजना गरिएको जनाइएको छ ।
सहभागीले विगतमा सिकेका मनोसामाजिक सेवाभन्दा फरक रहेको उल्लेख गर्दै तालीममा सिकेका कुराहरु व्यावहारिक रुपमा प्रयोग गर्दा प्रभावकारी हुने विश्वास रहेको उल्लेख गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
श्रम प्रशासन चुस्त बनाउन श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता
पुष २२, २०८१ सोमबार
मकवानपुरमा चिसोले श्वासप्रश्वासका बिरामी बढे
पुष २२, २०८१ सोमबार
वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
पुष २२, २०८१ सोमबार
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद, एकजना पक्राउ
पुष २२, २०८१ सोमबार
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार