नयाँ वर्षको पर्यटकीय गन्तव्य पोखरा [ फाेटाे फिचर ]
नेपालबहस संवाददाता
पुस १४, २०८० शनिबार १४:५६:४६
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
१४ पुस, काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष आउन अब केहि दिन मात्रै बाँकी छ । काठमाडौंबाट नजिक कतै गन्तव्य रोज्नु परे सबैको रोजाइ पोखरा नै हुने गर्छ । नहोस पनि किन आन्तरिक होस या बाह्य पर्यटक सबैको पहिलो रोजाइ मै पर्ने पर्यटकीय क्षेत्र पोखरा नयाँ वर्षको लागि तयार अवस्थामा छ ।
पोखरा लेकसाइडका होटलहरू पनि सडक महोत्सवले भरिभराउ छन । माछापुच्छ्रे, फेवाताल, धौलागिरी, अन्नपूर्ण तथा मनास्लु हिमालका दृश्यले पाहुनालाई मन्त्रमुग्ध बनाउने गर्छन् । स्वच्छ, सफा र सुन्दर शहरले परिचित पोखरा पर्यटकको मुख्य गन्तव्य हो । मेला महोत्सवले पोखराको कला, संस्कृतिको संरक्षणमा टेवा पुगेको पर्यटन व्यवसायी बताउँछन् ।
अरू बेला विदेशी पर्यटकको व्यापक चहलपहल हुने पोखरा नेपाली नयाँ वर्षमा भने स्वदेशी पर्यटकले भरिभराउ हुन्छ । हरेक वर्षजस्तै यो नयाँ वर्षमा पनि पोखरामा थुप्रै कार्यक्रम आयोजना हुने भएका छन् । जसले आन्तरिकदेखि बाह्य पर्यटकलाई नयाँ वर्ष मनाउन पोखरा आउन आग्रह गरेका छन् । तालै तालको शहर भनेर चिनिन्छ पोखरा। तर, धेरै रोजाइमा भने फेवाताल नै हो।
फेवामा डुंगा सयर र ताल बाराही मन्दिर दर्शनका लागि पनि पर्यटकको पहिलो रोजाइमा पर्छ फेवा। पोखरा आउने पर्यटकको अर्को गन्तव्य हो पाताले छाँगो 'डेभिस फल' र गुफाहरु। खोँचबाट पानी बगेको दृश्य हेर्न मन छ भने डेभिस फल र गुप्तेश्वर महादेव गुफा अर्को उत्कृष्ट गन्तव्य हो। शान्ति स्तुपा पनि पर्यटकको अर्को गन्तव्यमा पर्छ । शान्ति स्तुपाबाट केही माथि छ पुम्दिकोट।
नयाँ गन्तव्य रहेको पुम्दिकोट डाँडाले छोटो समयमा पर्यटकलाई लोभ्याउन सफल भएको छ। यसको विशेषता भनेको डाँडामा रहेको शिवमूर्ति हो। ५१ फिट अग्लो मूर्ति हेर्न भारतीय पर्यटकको प्रमुख रोजाइमा पर्छ यो गन्तव्य। यि गन्तव्य बाहेक रूपाकोट, काहुँडाँडा, टावर, भद्रकाली मन्दिर, विन्ध्यवासिनी मन्दिर, बन्जीजम्प, धम्पुस तथा पोखरामा रहेका थुप्रै गुफाले नयाँ वर्षको समयलाई बिताउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदलित गाउँका पहिलो शिक्षक विशाल
असोज ८, २०८१ मंगलबार
सागसब्जीखेतीबाटै दैनिक १० हजार कमाई
असोज ८, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई रिहाइका लागि माइतीघरमा समर्थकहरूको प्रदर्शन [ फोटो फिचर ]
असोज ७, २०८१ सोमबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
असोज ८, २०८१ मंगलबार
सर्वोच्च अदालतले भन्यो, दुर्गा प्रसाईंलाई थुनामै राखेर अनुसन्धान गर्नु
असोज ८, २०८१ मंगलबार
हाकिमको आदेशविना ५० लाख झ्वाम, पत्याउनै कठिन !
असोज ८, २०८१ मंगलबार
श्रीलंकाको संसद भंग, नोभेम्बर १४ मा निर्वाचनको घोषणा
असोज ९, २०८१ बुधबार
दशैंअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य
असोज ९, २०८१ बुधबार
नेपालमा गर्व गर्न लायक अनेकन धार्मिक र सांस्कृतिक रीतिरिवाज छन्ः सभापति देउवा
असोज ९, २०८१ बुधबार
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छः उपराष्ट्रपति
असोज ९, २०८१ बुधबार
चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँः राष्ट्रपति
असोज ९, २०८१ बुधबार
आल्भेजमाथि रियल म्याड्रिडको जित
असोज ९, २०८१ बुधबार