बाँकेको नौबस्तामा रहेको बाल सुधार गृहमा झडप, ६ जना घाइते
नेपालबहस संवाददाता
पुस १५, २०८० आइतबार २२:१३:३१
१५ पुस, काठमाडौं । बाँकेको नौबस्तामा रहेको जयेन्तु बाल सुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन्। भक्तपुर र वीरगन्जबाट आएको समूह र जयेन्तु बाल सुधार गृहको टोलीबिच झडप हुँदा ६ जना घाइते भएको बाँके प्रहरीले जनाएको छ ।
बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा ६ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले बताए। जयेन्तु बाल सुधार गृहबाट आएको समूहमा केही भक्तपुर र वीरगन्जबाट आएकाहरु पनि छन्।
शुक्रबार साँझ झडप भए पनि शनिबार र आइतबार झडप भएको छैन। तर अहिले पनि अवस्था भने तनावग्रस्त नै छ। यहाँ सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन खोजिरहेका छन्। बाल सुधार गृहमा रहेका दुई समूहले भने तोडफोडमा उत्रिएका छन्।
आइतबार दिउँसो एक समूहसँग झडप नगर्ने सहमति भए पनि अर्को समूहले उक्त सहमति कार्यान्वयन नगरी तनावको स्थिति सिर्जना भएको बताइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सोमबार उक्त बाल सुधार गृहको विधिवतरुपमा उद्घाटन गर्ने कार्यक्रमसमेत थियो। अब उक्त कार्यक्रम प्रभावित हुने देखिएको छ।
दुई समूहले एकले अर्कोलाई कुटपिट गर्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गरिरहेको बताएको छ । अहिले दुवै समूहलाई भित्रै राखेर प्रहरीले स्थिति सामान्य बनाउन खोजेको छ । एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना राखिएका छन्। उनीहरूबीच ढुङ्गा हानाहान भएको थियो।
आइतबार अपरान्ह ४ बजेतिर हानाहान हुँदा एक जना बालबन्दी घाइते भएका छन्। घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ। अहिले स्थिति नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा बल खटिएको छ।
यस बाल सुधार गृहमा १८ वर्षभन्दा माथिका मात्र बन्दी छन्। केही समय अघि मात्र सञ्चालनमा आएको उक्त बाल सुधार गृहमा एक सय १६ जना बन्दीहरू छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार