सीमा बस्तीका स्थानीयको दुखेसो: हात्तीबाट जोगिन गाह्रो भयो
नेपालबहस संवाददाता
पुस १६, २०८० सोमबार १३:४१:५८
१६ पुस, महेन्द्रनगर 'कञ्चनपुर' । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै सङ्घर्ष गर्दै छन् । साढे दुई दशकदेखि नेपाल–भारत सीमा बस्तीमा बस्दै आएका सुनारले छोरीका लागि बनाइदिएको घरमा भत्काएर दुई बोरा धान जङ्गली हात्ती नगट गरेपछि कसरी छाक टार्ने भन्ने समस्याले चिन्तित छन् ।
“छोरीले गाउँमै केही गरेर जीविका चलाउला भनेर टिन हालेर होटल खोलिदिए”, कमलाले भने, “होटलबाट जीविका चलाउन गाह्रो भएपछि मजदुरीका लागि भारत गएकी छोरीको घरको छानो नै हात्तीले केही दिन अघि भत्काइदियो ।”
नेपाल–भारत सीमास्तम्भ नं ८०० सय नजिक सुनारको घर छ । भारतीय जङ्गलबाट आउने हात्तीको बथानले कमला जस्तै बस्तीका अधिकांश स्थानीय पीडित छन् । “हरेक दिन राति हात्तीकै त्रासदीले अनिँदो बस्नुपरेको छ”, सुनारले भने, “हात्ती गाउँमा पल्किएर खेतमा मात्रै होइन घरभित्रको अन्नसमेत खान छाड्दैनन् ।”
दोधारा चाँदनी नगरपालिका–३ का वडा सदस्यसमेत रहेका बडुवाल टोलका लक्ष्मी रानाले सीमा बस्तीका स्थानीयले जङ्गली हात्तीबाट प्रताडित हुन थालेको १२ वर्ष बितिसकेको बताए । “दोधाराचाँदनीमा मात्रै केही समययता हात्तीको आक्रमणबाट दुई जनाले ज्यान गुमाइसके”, वडा सदस्य रानाले भने, “यो पटक मात्रै बडुवाल टोलमा आठ घर हात्तीले भत्काएका छन् ।” उनले जग्गाधनी पुर्जा नहुँदा वन्यजन्तुबाट ज्यान गुमाउँदा राज्यबाट पाउने क्षतिपूर्तिसमेत नपाएको उनको भनाइ छ ।
भौगोलिक रुपले विकट बडुवाल टोलको पश्चिमतर्फ भारतीय जङ्गल पर्छ । जोगबुढा नदी पारीको बस्ती बडुवाल टोलबाट हात्तीकै त्रासदीले स्थानीय सीता सुनारले १८ कठ्ठा खेत नै बाँझो राखे । “भारतीय जङ्गलबाट आउने हात्तीले अन्न बाली सखाप पार्न थालेपछि खेत नै खाली छोडिदिए”, उनले भने, “हात्ती नियन्त्रणका लागि सरकारले ठोस कदम नै चालेन ।”
प्रायःबस्तीमा हात्तीको बथान आइरहने बताउँदै उहाँले हात्ती धपाउन गाउँमा आगो पाल्नेदेखि होहल्ला गर्ने काम गर्नु नै आफूहरुको दैनिकी बनेको सुनारको भनाइ छ । उता वडा सदस्य रानाले हात्तीपीडितका लागि दोधाराचाँदनी नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरेर राहत सामग्री वितरण गरिएको बताए ।
“दातृ निकायबाट पनि हात्तीपीडित भनेर गाउँमा धेरै सहयोग भएको छ”, उनले भने, “हात्ती नियन्त्रणका लागि तारजालीको आश्वासन मिले पनि उपलब्ध भएको छैन ।” उनले स्थानीयले खेतमा गरेको मेहनत नै हात्तीका कारण असुल हुन समस्या भइरहेको बताए ।
त्यसैगरी बडुवाल टोलमा रहेको गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलमा स्थानीयले सीमा संरक्षणमा पहरेदारी गरे पनि नागरिकले जिउधनको रक्षामा सरकार गम्भीर नभएको बताए ।
“यतिका वर्षदेखि सीमामा दुःख कष्ट सहेर बसिरहँदा हामीले हात्तीको आक्रमण एवं क्षति रोक्न दीर्घकालीन उपाय खोज्न सकेनौँ”, उनले भने, “सीमाको वनक्षेत्रमा तारजाली लगाएर हात्ती नियन्त्रणका लागि गाउँलेले धेरैपटक माग गर्दा वास्ता भएन् ।” तीन सयभन्दा बढी परिवारको बसोबास रहेको बडुवाल टोलमा अधिकांश पुरुष ज्याला मजदुरीका लागि भारतका विभिन्न सहरमा गएर जीविकोपार्जन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
लहान नगरपालिकाद्वारा अग्नीपीडितलाई दैनिक उपभोग्य सामग्री वितरण
बैशाख २४, २०८१ सोमबार
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार