समाजसेवी रुंगटाको सहयोगमा विपन्नहरुलाई कम्बल वितरण
आबिद हुसेन
पुस १८, २०८० बुधबार १६:४३:२२
१८ पुस, वीरगञ्ज । जाडो बढेसँगै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले कम्बल वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छ । सामुदायिक प्रहरी साझेदारी अन्र्तगत अल्पसंख्यक प्रहरी कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा , ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा धर्मशालामा एक कार्यक्रमका बीच कम्बल वितरण गरिएको हो ।
नगवा आसपासका गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी जानकारी दिए । समाजसेवी तथा व्यवसायी मुरलीधर रुंगटाको सहयोगमा प्राप्त २ सय थान कम्बल उपलब्ध गराइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए
कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष प्रशुराम चौरसिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफ लगायतको उपस्थिति रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपरौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार