बैतडीमा बोलेरो जिप दुर्घटना, तीन जना घाइते
नेपालबहस संवाददाता
पुस १८, २०८० बुधबार १७:५२:५९
१५ पुस, बैतडी । बैतडीमा जिप दुर्घटना भएको छ। आम्चौराबाट मेलौलीतर्फ जाँदै गरेको ना २ च ४५५१ नम्बरको बोलेरो जिप पञ्चेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो।
दुर्घटनामा परेर ३ जना घाइते भएका छन्। घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–४ का ६९ वर्षीय बिसर चन्द, सोहि ठाउँका २० वर्षीया प्रिंका चन्द र शिवनाथ गाउँपालिका–३ का सानु चन्द रहेका छन्। घाइतेहरुको आमचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। जिपमा चालकसहित ७ जना सवार रहेका थिए। अन्य ३ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
वर्ष २५ का जिप चालक गजेन्द्र पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
दुर्गा प्रसाईंलाई सर्वोच्चले दिएन अन्तरिम आदेश, अदालत उपस्थित गराउन निर्देशन
मंसिर ९, २०८१ आइतबार
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने शहरबीच भगिनी सम्बन्ध
मंसिर ९, २०८१ आइतबार
देउवाले उमेश श्रेष्ठलाई बनाए कांग्रेसको कोषाध्यक्ष
मंसिर ९, २०८१ आइतबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार