सूर्यज्योति लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी
नेपालबहस संवाददाता
पुस १९, २०८० बिहिबार १२:४४:११
♦ प्रकाश डोटेल
१९ पुष स्याङ्जा । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. पुतलीबजार शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । वैदेशिक रोजगारीमा रहेका स्याङजाका एक युवकको मृत्युपछि उनका परिवारले मृत्यु दाबी गरेसँगै कम्पनीले रकम भुक्तानी गरेको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहेका स्याङजाको बिरुवा गाउँपालिका वडा नं. ६ का ३९ वर्षीय दानबहादुर थापाको करिब ३ महिना अघि मृत्यु भएको थियो । थापाको मृत्युपछि उनको परिवारलाई कम्पनीले १४ लाख रूपैयाँ मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।
कम्पनीका पुतलीबजार शाखा प्रमुख सुजन पोखरेलले मृतक थापाकी श्रीमती नारायणी माया थापालाई दाबी रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । रोजगारीमा जाने क्रममा मृतक थापाले सूर्यज्योति लाइफ इन्स्योरेन्समा म्यादी बीमा गरेको कम्पनीले जनाएको छ ।
थापाको मृत्युपछि उनकी श्रीमती नारायणीले कम्पनीले हालसालै जारी गरेको “सूर्यज्योति सहि प्लान” अन्तर्गत १२ लाख बरारबको आजीवन बीमा गरेकी छन् । उच्च रक्तचापका कारणले मृत्यु भएका थापाका २२ वर्षका १ छोरा मात्र छन् ।
३ वर्ष अघिदेखि पुतलीबजारमा संचालनमा आएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हालसम्म ५ जना बीमितको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पुतलीबजार शाखामा झण्डै १ हजार जनाले जीवन बीमा गरेको शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार
बाह्य सहयोग बढाउन अर्थ मन्त्रालयले तयार पार्यो प्रगतिशील विकास सहायता नीतिको मस्यौदा
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार
भुकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१ मंगलबार