भारत नेपालसँगको सम्बन्धलाई पुनः परिभाषित गर्न चाहान्छः जयशंकर
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १३:४३:२५
२० पुस, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत नेपाललगायत छिमेकी मुलुकसँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने पक्षमा रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गर्ने क्रममा जयशंकरले भारतले नेपाललगायत छिमेकी मुलुकलाई आफूसँगै विकासको बाटोमा अघि बढाउन सम्बन्धको पुन परिभाषा गर्न चाहेको बताए ।
प्रधानमन्त्री मोदी नेतृत्वको भारत सरकार छिमेकीहरू विशेष गरी नेपालसँगको सम्बन्धलाई पुनः परिभाषित गर्न प्रतिवद्ध छ, उनले भने, मोदीको सन् २०१४ मा सम्पन्न भ्रमणका दौरान नेपाल भारत सम्बन्धलाई लिएर दिएको हिट फर्मुला स्मरण गर्न चाहन्छु । हाइवे, आइवेज, ट्रान्सवेज । गत जेठमा प्रचण्डको भारत भ्रमणका क्रममा दुवै नेताले उक्त सहकार्यलाई ‘हिट’ बाट ‘सुपरहिट’ बनाउने प्रतिवद्धता गरेका थिए ।’
भारतले ‘सबैको साथ, सबैको विकास, सबैको विश्वास र सबैको प्रयास’ भन्ने मुल मन्त्र बनाएर गरिरहेको विकासमा नेपासहित छिमेकी मुलुकलाई पनि सँगै अघि लैजान खोजिरहेको बताए । उनले भूकम्पपछि नेपाल सरकारले प्राथमिकतामा राखेको पूननिर्माणका काममा भारत सहयोगी हुन पाउँदा खुसी लागेको बताए । ०७२ को भूकम्पपछिको पुननिर्माणमा पनि भारतले नेपालमा सहयोग गरेको र ती संरचना नेपाललाई हस्तान्तरण गरिसकेको उल्लेख गर्दै उनले बाँकी रहेका योजना पनि छिटै सम्पन्न हुने विश्वास व्यक्त गरे ।
आफ्नो नेपाल भ्रमणका क्रममा भौतिक, डिजिटल र उर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्यको सहमति भएको उल्लेख गर्दै उनले शिक्षा क्षेत्रमा पनि नेपाल सरकारलाई सहयोग गरिरहेको र त्यसलाई जारी राख्ने उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयजस्तै अन्य संरचना निर्माणमा पनि भारतको सहयोग निरन्तर जारी रहने उनको भनाइ छ । नेपाल भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर नेपाल आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार