अख्तियार र सम्पति शुद्धीकरणको निगरानीमा रहेका धितोपत्रका अध्यक्ष हमालले देखाए कार्य प्रगति
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १६:३२:७
२० पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा अन्य शेयर निस्काशन अनुमति दिँदा अनियमित ढंगले काम गरेको भन्दै संसदको सार्वजनिक लेखा समितिले हमालको सम्पति छानविन गर्न निर्देशन दिएको अवस्थामा उनले कार्यकाल सकेर बाहिरिँदै गर्दा आफ्नो प्रगतिबारे जानकारी गराएका हुन् ।
हमालको सम्पति छानविन गर्न समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धीकरण विभागलाई पत्र लेखेर निर्देशन दिएको छ । आफ्नो कार्यकाल लम्याउने सोचमा रहेका हमालले बाहिरिने क्रममा आफूले गरेका कामको जानकार दिएका हुन् । आर्थिक चलखेल गरि अवाञ्छित र अपारदर्शी रूपमा विभिन्न कम्पनीहरूलाई आईपीओ निष्कासन गर्न अनुमति दिएर गैरजिम्मेवारीपूर्ण काम गरेको गुनासो रहेकाले हमालको सम्पति शीघ्र छानबिन गरी ३० दिनभित्र विवरण समितिलाई उपलब्ध गराउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको थियो ।
बैठकले प्रिमियम मूल्यमा निष्कासन भएका सबै आईपीओको औचित्य र मूल्यांकनको सम्बन्धमा छानबिन गरि ३० दिनभित्र कार्य प्रगति समितिलाई उपलब्ध गराउन अख्तियारलाई निर्देशन दिएको थियो । घाटामा गएर पनि पुनः मूल्यांकन गरी मूल्य बढाएर शेयर बिक्री गर्ने र सर्वसाधारण लगानीकर्ता अत्यधिक जोखिममा पर्न सक्ने भएकाले त्यस्ता अवस्था आउन नदिने गरी कार्यसम्पादन गर्न धितो बोर्डलाई निर्देशन दिएको थियो ।
हमालले शुक्रबार सञ्चारकर्मीहरूसँगको आफ्नो कार्य प्रगति विवरण सुनाएका हुन् । उनी २०७८ फागुनमा बोर्डको अध्यक्ष भएका थिए । आफ्नो कार्यकालमा एसएमईज प्लाटफर्मका लागि नियमावली तयार गरी अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको उनले बताए । वैदेशिक रोजगारीमा रहेकालाई आईपीओमा १० प्रतिशत कोटा सुरक्षित गर्ने काम भएको, वस्तु विनिमय बजार सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको, नयाँ स्टक एक्स्चेन्ज सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको, बजारमा उत्पादनमूलक तथा अन्य समूहका कम्पनीहरूको संख्या बढेको उनले बताए ।
उनको कार्यकालमा ब्रोकर कम्पनी सञ्चालनका लागि ‘ओपन इन्ट्री एण्ड इक्जिट’मार्फत तोकिएको मापदण्डभित्र रहेर थप कम्पनीलाई अनुमति पत्र प्रदान गरिएको बताए । जसले ब्रोकरेज सेवाको गुणस्तर बढाएको हमालले बताए । ‘बुक बिल्डिङ पद्धतिबाट आईपीओ निष्कासन प्रारम्भ भएको छ र यसले वास्तविक क्षेत्रका कम्पनीहरूलाई बजारमा प्रवेशको ढोका खुलेको छ’ उनले भने ।
त्यस्तै आस्बा शुल्कमा कटौती गरी लगानीकर्तालाई सहुलियत दिइएको हमालले बताए । ‘सूचीकृत ८८ कम्पनीहरूलाई समयमै वित्तीय विवरण नबुझाएकाले पहिलो पटक स्पष्टीकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएको छ’ उनले भने ‘बोर्डबाट लगानीकर्ताको हकहित संरक्षणका लागि कानुन प्रबलीकरण सुदृढ पार्ने क्रममा छोटो समयमा नै २० भन्दा बढी कारबाही गरिएको छ ।’
त्यस्तै म्युचुअल फण्डहरुलाई आईपीओ परेको ६ महिनासम्म बिक्री वा हस्तान्तरण गर्न नपाउने व्यवस्था गरिएको उनले बताए । सूचीकृत संस्थाको संस्थापक अन्य समूहको शेयरमा लकइन अवधि सकिनुभन्दा १ महिनाअघि सार्वजनिक सूचनामार्फत जानकारी दिनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको हमालले बताए । समितिले निर्देशन दिँदा त्यतिबेला बैठकमा अध्यक्ष हमाल भने उपस्थित भएका थिएनन् । अहिले हमाल अख्तियार र सम्पति शुद्धीकरणको निगरानीमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
मुस्ताङका च्याङग्राको भुवा परीक्षण
बैशाख २४, २०८१ सोमबार
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
बैशाख २४, २०८१ सोमबार
प्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
बैशाख २४, २०८१ सोमबार
इजरायल पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने व्यक्ति पक्राउ
बैशाख २४, २०८१ सोमबार
भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द
बैशाख २४, २०८१ सोमबार