राष्ट्रिय सभाका रिक्त १९ वटै सीटमा उम्मेदवारी दिने एमालेको निर्णय, ६ जना केन्द्रीय सदस्यमा मनोनीत
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार १९:५८:८
२० पुस, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभामा रिक्त रहेको १९ वटै सीटका लागि उम्मेदवारी दिने भएको छ । शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले रिक्त सबै सीटमा उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।
हामीले क्लष्टरवाइज रूपमा नामबारे छलफल गरेका छौँ । कतिपय क्लस्टरको विषयमा स्पष्ट हुनुपर्ने भएकाले ती विषयमा आजको बैठकमा प्रारम्भिक छलफल भयो,पत्रकार सम्मेलनमा पोखरेलले भने । बैठकले प्रदेश अधिवेशनपछि जिम्मेवारीबाट बाहिरिएका पाँच प्रदेशका अध्यक्षसहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, बागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूर पश्चिमका दामोदर भण्डारी, मधेसका रामअवतार यादव र झापाका दीपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको महासचिव पोखरेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार
चितवनमा तोरीखेती बढ्यो
पुष २४, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २४, २०८१ बुधबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार