अभिनेता विराज भट्ट एक्सन फिल्म ‘बाह्र गाउँ’ बनाउदै
नेपालबहस संवाददाता
पुस २०, २०८० शुक्रबार २३:५:३
२० पुस, काठमाडौं । अभिनेता विराज भट्टले आफ्नै निर्माण र निर्देशन रहने एक्सन फिल्म ‘बाह्र गाउँ’को घोषणा गरेका छन् । यो फिल्मलाई लिएर विस्तृत कुरा आउन बाँकी छ ।
फिल्म निर्माणको चर्चाबीच विराज र दक्षिण भारतीय स्टार विजय सेतुपतिबीच भेट भएको छ । विराज निकट स्रोतका अनुसार यी दुई अभिनेताबीच हालै भेटघाट भएको हो ।
प्राप्त तस्वीरमा यी दुवै अभिनेता हाँस्दै र हात मिलाउँदै गर्दा देखिएका छन् । बडी ल्यांग्वेज हेर्दा यी दुवै एकअर्कामा कम्फर्ट र क्यान्डिड महसुस गरेको देखिन्छ । ‘उनीहरुबीच खास सन्दर्भमा भेट भएको हो,’ स्रोतले भन्यो । तर विराजले सेतुपतिसँगको भेटबारे विस्तृत कुरा बताएका छैनन् ।
विराजको फिल्ममा सेतुपतिले अभिनय गरेमा अविश्वसनीय कुरा हुनसक्नेछ । केही समयअघि सेतुपति एक सिरिज छायांकनका लागि काठमाडौं आएका थिए । पछिल्लो पटक शाहरुख खान स्टारर फिल्म ‘जवान’मा सेतुपतिको पनि मुख्य भूमिका थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार