टेकोको भरमा रहेकाे नुवाकोटकाे सात तले दरबार कहिले बन्छ ?
नेपालबहस संवाददाता
पुस २१, २०८० शनिबार १२:५४:२५
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
२१ पुस, काठमाडौं । वि.सं १८१९ मा पृथ्वी नारायण शाहले ललितपुरबाट कालिगड झिकाइ बनाउन लगाइएको नौ तले दरबार पछि वि.सं १९९० को भुकम्पले गर्दा भत्किएर सात तला भएकोले एस्को नाममै सात तले दरबार हुन पुगेको हो । त्यसपछि वि.सं २०७२ मा गएको विनाशकारी भुकम्पले सात तले दरबार भत्किएर खण्डहर बनेको थियो । कम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणमा चीनले बनाउने सार्वजनिक भएको थियो ।
तर भुकम्प गएको नौ वर्ष भई सक्दा पनि अझै टेकोको भरमा छ नुवाकोट दरबार । नुवाकोटका प्रमुख पुरातात्त्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको पुनःनिर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भयले स्थानीयबासीहरु निकै चिन्तित छन । बर्षौं बर्षको घामपानीले यसको स्वरुप जिर्ण मात्र बनाएको छैन, उचित रेखदेखको अभावमा खण्डहर बन्दै गएको छ ।
भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरबारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो । नुवाकोट दरबार परिसरमा धार्मिक हिसाबले महत्वपूर्ण मानिने भैरवी र तलेजु मन्दिर छन् ।
मनोरम प्राकृतिक छटाहरुले भरिपूर्ण यो जिल्ला प्राचिन सम्पदाको पनि अवलोकन गर्न पाइन्छ । नुवाकोट दरबारबाट देखि १० मिनेटको यात्रा पश्चात पुग्न सकिन्छ, महामण्डप क्षेत्र । ऐतिहासिक तथा धार्मिक हिसाबले मण्डला क्षेत्र पनि उत्तिकै महत्वपूर्ण छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार