प्रधानमन्त्री सहायता कोषमा हालसम्म २८ करोड जम्मा, घोषणा अनुसार आएन राहत
नेपालबहस संवाददाता
पुस २२, २०८० आइतबार १४:४६:२५
२२ पुस, काठमाडौं । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २७ करोड ९९ लाख ८१ हजार ३६८ रुपैयाँ जम्मा भएको छ । दैवी प्रकोप सहायत कोषको कार्लालयका अनुसार जाजरकोट भूकम्पपछि हालसम्म १२० भन्दा बढी व्यक्ति तथा संस्थाले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन कोषमा उक्त रकम जम्मा गरेका छन् ।
कार्यालयका अनुसार कात्तिक १८ गतेदेखि पुस २० गतेसम्मको अवधिमा उक्त रकम जम्मा भएको हो । गत कात्तिक १७ गते जाजरकोट जिल्लामा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण संरचना भत्किदा १५४ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए ।
भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले भूकम्पपीडितको सहयोगका लागि कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो । त्यसपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा विभिन्न व्यक्ति तथा संस्थाले रकम जम्मा गरेका हुन् । भूकम्प गएको समयमा राहत घोषण धेरै भएपनि वास्तविक रुपमा राहत कोषमा जम्मा रकम गर्नेको संख्या कम भएको कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर भूकम्पको धक्का
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार