नेपाल इन्जिनियरिङ कलेजमा हल्ट प्राइजको नयाँ संस्करण जारी
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार ११:४२:४६
२३ पुस, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको नयाँ संस्करण सुरू भएको छ । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने हल्ट प्राइजको यो संस्करणमा सहभागीहरूले आ-आफ्ना प्रस्तुतिहरू दिइरहेका छन् ।
नेक हल्ट प्राइजका क्याम्पस निर्देशक सुवास खनालका अनुसार अक्टोबर १२ मा समिति सदस्यहरूसँग ग्रूमिङ र परिचयात्मक सत्रको आयोजना गरिएको थियो । जहाँ आयोजक समिति सदस्यहरूलाई हल्ट प्राइजको बारे परिचय र समिति सदस्यको रूपमा आफ्नो भुमिका बारे जानकारी दिइएको थियो ।
गत नोभेम्बर ९ मा प्रेरणादायी र सशक्तिकरण द हल्ट प्राइज कम्युनिटी नामक प्रेरक सत्रको आयोजना गरिएकोमा नेकका विद्यार्थी कल्याण महाशाखाका प्रमुख एशोसिएट प्राध्यापक सचिन श्रेष्ठले हल्ट प्राइजमा नेकको यात्रा र नेकको प्रभाव बारे जानकारी दिएका थिए । सो क्रममा सहभागीहरूले हल्ट प्राइज २०१८/०१९ का क्षेत्रीय फाइनलिस्ट संयोग उपाध्यायको हल्ट यात्राको बारेमा बुझ्ने मौका पनि पाए ।
त्यस्तै नोभेम्बर २९ मा प्रतिष्पर्धीहरूको परिचयात्मक सत्र चलाइएकोमा सोहि सत्रमा सहभागीहरूलाई हल्ट पुरस्कारको बारेमा अभिमुखीकरण दिइएको थियो । सहभागीहरूलाई कलेजको हल्ट प्राइजकी पूर्व निर्देशक तानिया लामिछानेले हल्ट प्राइज २०२३ को विषयवस्तु बारे जानकारी दिइन् ।
६ डिसेम्बरमा ‘द आर्ट इज पिचिङ’ नामक सत्रको आयोजना गरिएको र सत्रका अतिथि वक्ता अमरेश शाह थिए । उक्त सत्रमा सहभागीहरूले प्रस्तुत गर्ने विषय वस्तुहरूलाई कसरी आकर्षक ढंगले प्रस्तुत गर्न सकिन्छ भन्ने सञ्चार प्रविधिहरूबारे छलफल गरिएको थियो ।
यस्तै, १५ डिसेम्बरमा भ्मग भ्थचष्भ क्ष्लमष्ब सँगको सहकार्यमा उद्यम कार्यशाला आयोजना गरिएको थियो । सत्रका अतिथि वक्ता अक्षयकीर्ति विजय थिए । उनी भारतका प्रख्यात सिरियल उद्यमी हुन् । उनीसँग प्रशिक्षण, कोचिङ, सेल्स र बीपीओ सञ्चालनमा १७ वर्षभन्दा बढी अनुभव छ ।
नेक हल्ट प्राइजमा अन्य विभिन्न सत्रहरू अझै बाँकी रहेको क्याम्पस निर्देशक सुवास खनालले बताएका छन् । खनालका अनुसार नेक हल्ट प्राइजमा उद्यमीहरूसँग कुराकानी, व्यवसाय प्रस्ताव लेखन र अन्य सत्रहरू सञ्चालन गर्न बाँकी रहेको छ । प्रतियोगिताले युवा विद्यार्थीहरूमा रहेको नविनतम सोच, खोज र आइडियालाई प्रस्फुटन गराउन र इन्टरनेशनल एक्सपोज प्राप्त गर्न टेवा दिइरहेको छ ।
नेकमा भइरहेको प्रतियोगितामा विद्यार्थीहरुले दिगो विकास लक्ष्यहरूसँग मिल्दोजुल्दो र समाजमा सकारात्मक प्रभाव पार्ने विषयहरूलाई प्रस्तुत गर्नेछन् । हल्ट प्राइज नेक क्याम्पस निर्देशक खनालका अनुसार कलेज स्तरीय प्रतियोगिताका विजेताले भारतको मुम्बईमा हुने एसिया रिजनल प्रतियोगितामा भाग लिनेछन् । त्यहाँ उत्कृष्ट भए ग्लोवल प्रतिस्पर्धामा भाग लिँदै उत्कृष्ट हुनेले एक मिलियन डलर बराबरको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
सामुदायिक विद्यालयमा विद्यार्थी बढे, दुई ‘सिफ्ट’ मा सञ्चालन
बैशाख १८, २०८१ मंगलबार
विद्यार्थीको संख्या घटेपछि पर्वतका २५ विद्यालय समायोजन
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओखलढुङ्गामा आगोले जलेर आमा छोराको मृत्यु
बैशाख २४, २०८१ सोमबार
बुटवलमा अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार