एसपी बढुवामा राजनीतिक हस्तक्षेप, ओली र प्रचण्डका पूर्वपीएसओलाई प्राथमिकता दिन दवाव
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १४:१७:३५
२३ पुस, काठमाडौं । राजनीतिक दवावले लामो समयदेखि नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा रोकिएको छ । यो पदमा बढुवा हुनका लागि १२ जना डीएसपी प्रतिस्पर्धामा छन् । दुई महिना अगाडि नै भइसक्नु पर्ने बढुवा राजनीतिक दवावका कारण अहिलेसम्म हुन सकेको छैन । बढुवा प्रक्रिया लम्बिँदा नेपाल प्रहरीको कार्यसम्पादनमा समेत समस्या उत्पन्न हुन थालेको छ ।
थोरै सीट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई बढुवाको नतिजा निकाल्न सकस परको छ । १२ जनाको प्रतिस्पर्धामा रोलक्रम पछाडि रहेका डीएसपीलाई बढुवा गर्नुपर्ने दवावमा महानिरीक्षक बसन्त बहादुर कुँवर रहेकाले पनि उनले निर्णय लिन सकेका छैनन् । अहिले नेपाल प्रहरीमा एसपीको रिक्त संख्या सात जना रहेको छ । तर यो बढुवामा १२ जना डीएसपीहरू प्रतिस्पर्धामा छन् ।
उनीहरू सबै बढुवाका हकदार भएकाले कसलाई समेट्ने र नसमेटनेमा प्रहरी महानिरीक्षक कुँवर अन्योलमा छन भने अर्कोतर्फ दलका नेताको दवाव पनि उत्तिकै छ । प्रहरी अधिकारीहरूका अनुसार प्रहरी महानिरीक्षक कुँवर राजनीतिक दवावमा छन् । साधारणतया प्रहरी एसपीसम्मको बढुवा महानिरीक्षकको तजबिजी अधिकारभित्र पर्छ । तर कुँवर राजनीतिक शक्तिकेन्द्रको सिग्नल मिलाउन खोजिरहेका छन् । जसका कारण राजनीतिक दवावबीच उनले डीएसपीको बढुवा गर्न सकिरहेका छैनन् ।
अहिले बढुवाको प्रतिस्पर्धामा प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार र निरन्जनदत्त भट्टसहित डीएसपी राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे रहेका छन् । जसमध्ये तीन जना पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ हुन् । अहिले १२ नम्बरमा रहेका डीएसपी घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्वपीएसओ हुन् । जो यसअघि भएको बढुवामा छुटेका थिए ।
उता, राजन लिम्बू र सन्तोष तामाङ एमाले अध्यक्ष ओलीका पूर्वपीएसओ हुन् । उनीहरूमाथि अध्यक्ष ओलीको निगरानी छ । राजनीतिक दवाव बढाउन सक्ने क्षमता राख्ने अधिकृत भएकाले महानिरीक्षक कुँवरमाथि दवाव आइरहेको छ । लिम्बू ८ र तामाङ बढुवाको रोल क्रममा ९ नम्बरमा छन् । उनीहरुभन्दा अगाडिका सात जना सिनियर भएकाले यो बढुवामा उनीहरू नपर्न सक्ने सम्भावना रहन्छ ।
यसअघिको बढुवामा घिमिरे, तामाङ र लिम्बू प्रधानमन्त्रीको पीएसओ बसेको भन्दै बढुवामा परेका थिएनन् । मंसिर पहिलो साता नै बढुवा गर्ने तयारी भएपनि प्रहरी महानिरीक्षक कुँवरले पुस कटिसक्दा पन निर्णय लिन सकिरहेका छैनन् । उनी निर्णय नै नगरी गत मंसिर १० गते इन्टरपोलको महासभामा सहभागी हुन अष्ट्रियातर्फ गएका थिए । जसका कारण उनी नफर्किकन बढुवा प्रक्रिया अघि सकेको थिएन । कुँवर फर्किएको एक महिना बितेको छ । यसबीच बढुवा निस्किन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
नेपालबहस संवाददाता
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
अफगानिस्तान विस्फोटमा तीनको मृत्यु, पाँच घाइते
बैशाख २७, २०८१ बिहिबार
यातायात कार्यालय धनगढीद्वारा ५१ करोड राजश्व संकलन
बैशाख २७, २०८१ बिहिबार
सीआइबीद्वारा बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
बैशाख २७, २०८१ बिहिबार
सडक किनारामा निर्माण गरेको सिंहको प्रतिमा
बैशाख २७, २०८१ बिहिबार