वाग्मतीमा चार सीटका लागि १६ जनाको उम्मेदवारी दर्ता
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १६:२८:५७
२३ पुस, हेटौडा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि वाग्मती प्रदेशमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वाग्मतीमा चार सिटका लागि निर्वाचन हुँदैछ । सोमबार राजधानी हेटौंडा उपमहानगरपालिका–५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा ४ सिटका लागि १६ जनाले उम्मेदवारी दिएका हुन् । वाग्मतीमा सत्ता गठबन्धन दलबाहेक नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनका तर्फाबट नेपाली कांग्रेसले २ सिटमा उम्मेदवारी दिएको छ । कांग्रेसबाट महिलातर्फ विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनकै तर्फबाट माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १–१ सिटमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रबाट अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट दलिततर्फ घनश्याम रिजालले उम्मेदवारी दिएका छन् ।
एमालेले भने चार वटै पदमा एकलौटी उम्मेदवारी दिएको छ । एमालेबाट महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाबाट दलिततर्फ पूर्णबहादुर विश्वकर्मा, महिलातर्फ बालकुमारी डल्लाकोटी, अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ भरतमणि भट्ट र अन्यतर्फ हेमजंग गुरुङले उम्मेदवारी दिएका छन् ।
वाग्मतीमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ । महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ संगिता नेपाली, अपांङ्गता भएका वा अल्पसंख्यकतर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ ।
प्रमुख निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार वाग्मतीमा ३ सय ४७ जना मतदाता छन् । प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र २ सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार