अन्तरिक्षमा मानवलाई पठाउने भारतकाे तयारी
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार १७:२१:९
२३ पुस, काठमाडौं । भारतले अन्तरिक्षमा मानवलाई पठाउँदै छ । गगनयान नाम दिइएको यो मिसन २०२५ को पहिलो अर्धवार्षिक अवधिमा लञ्च गरिने आशा गरिएको छ । भारतको केन्द्रीय विज्ञान तथा प्रौद्योगिक राज्यमन्त्री जितेन्द्र सिंहले यस्तो बताएका हुन् ।
यो मिशनलाई भारत स्वतन्त्र भएको ७५ वर्ष पूरा भएको अवसरमा लञ्च गर्ने योजना थियो । सिंहले भारतले सन् २०२० को डिसेम्बरमा गगनयान लञ्च गर्ने योजना बनाएको भए पनि कोरोना भाइरसको महामारीका कारण मिसन बारम्बार पछाडि धकेलिएको बताए ।
अब इसरोले आफ्नो सारा ध्यान गगनयानमा लगाउने इसरोका प्रमुख सोमनाथ बताएका थिए । भारतले गएको वर्ष चन्द्रमामा चन्द्रयान पठाएको थियो । चन्द्रयानलाई सिंहले निकै ठुलो उपलब्धि बताएका छन् ।
सन् १९६९ मा अमेरिकाले चन्द्रामामा मान्छे पठाउँदा भारतको अन्तरिक्ष अन्वेषण संस्था इसरो भर्खरै स्थापना भएको थियो । १९६९ को इतिहास हेर्ने हो भने इसरोको नाम कतै पनि सुनिदैंन । तर अहिले त्यही इसरोले भारतलाई चन्द्रमाको दक्षिणी धुव्रमा पहिलो देश बनाइदिएको सिंहले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु
असोज १०, २०८१ बिहिबार
बेलायतले लगानी सम्मेलनमा मस्कलाई नबोलाउने
असोज १०, २०८१ बिहिबार
भारतले जारी गर्यो लेबनानको यात्रा नगर्न एडभाइजरी
असोज १०, २०८१ बिहिबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता
असोज १०, २०८१ बिहिबार
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि
असोज १०, २०८१ बिहिबार
बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी
असोज १०, २०८१ बिहिबार
फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक
असोज १०, २०८१ बिहिबार