नेपालमा पहिलो पटक कोभिडको सब–भेरियन्ट पुष्टि, सतर्क रहन मन्त्रालयको आग्रह
नेपालबहस संवाददाता
पुस २३, २०८० सोमबार २१:२४:७
२३ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ संक्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ सब– भेरियन्ट जेएन वान फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध गरेको छ ।
नयाँ भेरियन्टको संक्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित १६ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ‘जिन सिक्वेन्सिङ’मा सातवटा नमूनामा ओम्निक्रोनको सब–भेरियन्ट जेएन.वान देखिएको बताए।
मन्त्रालयले संक्रमण रोक्न नेपाल–भारत सीमानाकाका प्रवेश विन्दुमा ‘हेल्थ डेस्क’ स्थापना गर्न स्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छभने आवश्यक स्क्रिनिङ र निगरानी निरन्तर गर्न आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने
बैशाख २४, २०८१ सोमबार
पाँचथरमा चोरले निल्यो एक तोला सुन, ३६ घण्टापछि दिसाबाट निकालियो !
बैशाख २४, २०८१ सोमबार
टोटनह्याममाथि लिभरपुल ४-२ ले विजयी
बैशाख २४, २०८१ सोमबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार