नेपाल एयरलाइन्सले सोमबार अलपत्र पारेका १५० यात्रुलाई आज पठायो बैंकक
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १२:२१:७
२४ पुस, काठमाडौं । सोमबार बैंकक जान नेपाल एयरलाइन्सको टिकट काटेर एयरपोर्ट पुगेका तर, जहाज विग्रीएका कारण एयरपोर्टमै अलपत्र परेका १५० यात्रुलाई आज बैंकक पठाइएको छ । नेपाल एयरलाइन्सले केहिबेर अघि उनीहरुलाई बैंकक पठाइएको जनाएको छ ।
नेपाल एयरलाइन्सको काठमाडौँ–बैंकक उडानका क्रममा रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि रोकिएका यात्रुहरूलाई आज अर्को जहाजमार्फत बैंकक पठाइएको हो । निगमको वाइडबडी ३३०, ९ एन–एएलजेट जहाजमार्फत सोमबार रोकिएका १५० जना यात्रु बैंकक पठाएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताएका छन् ।
मंगलबार बिहान ११ः३० बजे उडान सेडूल रहेको जहाजका लागि यात्रुहरूको बोर्डिङ पास लिएर छिरिसकेका छन् । सोमबार दिउँसो काठमाडौँ–बैंककका लागि उड्न लागेको निगमको आरए, ९ ए–एकेडब्लू जहाजमा हाइड्रोलिकमा समस्या देखिएपछि ग्राउन्डेड बन्न पुगेको थियो । तत्काल जहाजको समस्या समाधान नहुँदा र विकल्पका अर्को जहाजको समेत व्यवस्था नहुँदा १५० जना यात्रु काठमाडौँमा नै रोकिन पुगेका थिए ।
निगमले उक्त यात्रुहरूलाई होटलमा व्यवस्था गरेको थियो । रोकिएका यात्रुहरूलाई आज अर्को जहाजमार्फत निगमले बैंकक पठाएको हो । प्राविधिक समस्या देखिएको निगमको न्यारोबडी ३२० आरए, ९ए–एकेडब्ल जहाज बेलुका नै निगमका प्राविधिक टोलीले मर्मत गरी १२ः३० बजे मलेसियाको क्वालालाम्पुर उडेको प्रवक्ता पौडेलले जानकारी दिए ।
काठमाडौँ–बैंकक उडानका क्रममा जहाजमा सामान्य प्राविधिक समस्या देखिदा उड्न सकेन । तत्काल प्राविधिक टोली खटाएर मर्मत पश्चात् जहाजको समस्या हिजो नै हल भएको थियो । सोही जहाज राति १२ः३० बजे १५१ यात्रु लिएर क्वालालम्पुर उडेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्राधिकरणलाई २१ करोड तिरेर टेलिकमले लियो लाइसेन्स
बैशाख २८, २०८१ शुक्रबार
एक महिना अघि नै इजरायलबाट आउने भनेको जहाज आएन, यति बेला आएर छानबिन उपसमिति गठन
बैशाख २८, २०८१ शुक्रबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
काभ्रेका अठार हजार बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार