टेरामक्स खरिदमा भएको भ्रष्टाचारबारे छानविन भइरहेका बेला प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १३:२५:४७
२४ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा दिएका छन् । उनको अकस्मात् राजीनामा दूरसञ्चार प्राधिकरणले यसअघि गरेका नीतिगत निर्णयहरूमा प्रश्न उठाएको छ ।
खनाल अध्यक्षमा नियुक्त भएपछि उनले अघि बढाएका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्स प्रणाली खरिदमा प्रकरणमा अनियमितता भएको भन्दै अहिले प्रश्न उठिरहेको छ । सार्वजनिक लेखा समिति लगायतले टेरामक्स खरिदमा ठूलो भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविन गर्न निर्देशन दिएको छ ।
स्मार्ट सेलको खारेजी प्रक्रिया र एनसेलको शेयर खरिद बिक्रीसहित इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुलीलगायत मुद्दामा प्राधिकरण नेतृत्वले सही रुपमा काम गर्न नसकेको भन्दै आलोचना भइरहेको थियो । यही अवस्थामा खनालले अचानक राजीनामा बुझाएका छन् ।
खनाल ९ साउन २०७६ मा प्राधिकरणको अध्यक्ष भएका थिए । आगामी साउनसम्म कार्यकाल रहेपनि उनले विभिन्न प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा समेत तानिएका बेला राजीनामा दिएका हुन् ।
टेरामक्स खरिदबारे अख्तियारले अहिले पनि छानविन गरिरहेको छ । कतिपय कर्मचारीसँग बयान समेत लिएको छ । यो अवस्थामा आएको खनालको राजीनामाले प्राधिकरणबाट भइरहेको काम कारवाहीमाथि पनि प्रश्न उठाएको छ । उनको राजीनामा भने स्वीकृत नभएको मन्त्रालयले जनाएको छ ।
टेरामक्स र एमडीएमएस प्रणालीमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन समेत अगाडि बढाएको छ । त्यस्तै एनसेल खरिद बिक्री प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ । यसै बीच अध्यक्ष खनालले राजीनामा दिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
पुष २४, २०८१ बुधबार
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल
पुष २४, २०८१ बुधबार
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
पुष २४, २०८१ बुधबार
जाडोमा कपडा लगाएर सुत्नाले निम्त्याउन सक्छ यस्ता स्वास्थ्य सम्बन्धी जोखिमहरु !
पुष २४, २०८१ बुधबार
सूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१ बुधबार