पशुपतिनाथ मन्दिरमा स्तनपानकक्ष सञ्चालन
नेपालबहस संवाददाता
पुस २४, २०८० मंगलबार १५:४८:५२
२४ पुस, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपानकक्ष स्थापना भएको छ । आजदेखि सञ्चालनमा आएको उक्त कक्षको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले स्वच्छ वातावरणमा स्तनपान गराउने व्यवस्था भएकामा त्यसको सराहना गरिन् ।
स्तनपान कक्ष देशभित्र तथा बाह्यमुलुकबाट आउने भक्तजनमा सकारात्मक सन्देश प्रवाह हुने राज्यमन्त्री सिर्पालीले बताइन् । मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोषले स्तनपानकक्ष स्थापना गरेको हो ।
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुनले मन्दिर परिसरमा स्तनपानकक्ष नभएका कारण सडक पेटी, सुरक्षाकर्मीको कार्यकक्षलगायत स्थानमा स्तनपान गराउनुपर्ने बाध्यताबाट काखेशिशु लिएर मन्दिर आउने आमाहरू मुक्त भएका बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक चिसोसँगै काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार