३१ प्यालेस्टिनी पत्रकार इजरायली जेलमा रहेका रिपोर्ट सार्वजनिक
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार ११:०:५७
२५ पुस, गाजा । कम्तीमा ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेका रिपोर्ट सार्बजनिक भएको छ ।
रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार गत अक्टोबर ७ देखि ३२ जना प्यालेस्टाइनी पत्रकारलाई गिरफ्तार गरिएको छ । जसमध्य एकजना मंगलबार रिहा भएका छन ।
इजरायलले पक्राउ गरेका ३२ प्यालेस्टिनी पत्रकारहरूमध्ये मंगलबार दिया अल काहलौत भने रिहा गरिएको छ । इजरायलले मङ्गलबार रिहा गरेका अल अरबी अल जादीद समाचार आउटलेटका लागि गाजा संवाददाता हुन् ।
इजरायलले कैद गरेका बाँकी ३१ प्यालेस्टाइनी पत्रकारहरू प्रायः कुनै आरोप बिना नै राखिएको आरएसएफले जनाएको छ।
जेलमा परेका पत्रकारहरू सबै प्यालेस्टिनी मिडिया आउटलेटहरूको लागि काम गरिरहेका छन, जसमध्ये केही स्वतन्त्र पत्रकार पनि रहेका छन् ।
यसरी इजरायली जेलमा रहेका प्रायः उसैले कब्जा गरिएको वेस्ट बैंक क्षेत्रबाट पक्राउ गरिएकाहरू पर्ने मिडिया अधिकार संगठनले जनाएको छ ।
‘गाजा पट्टीमा युद्ध जारी रहँदा गिरफ्तारी र नजरबन्दको यो घटना मुख्यतः प्यालेस्टिनी मिडियालाई मौन पार्ने उद्देश्यले गरिएको हो,’ आरएसएफले भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु
असोज १०, २०८१ बिहिबार
बेलायतले लगानी सम्मेलनमा मस्कलाई नबोलाउने
असोज १०, २०८१ बिहिबार
भारतले जारी गर्यो लेबनानको यात्रा नगर्न एडभाइजरी
असोज १०, २०८१ बिहिबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता
असोज १०, २०८१ बिहिबार
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि
असोज १०, २०८१ बिहिबार
बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी
असोज १०, २०८१ बिहिबार
फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक
असोज १०, २०८१ बिहिबार