चन्दा नदिएको भन्दै रौतहटमा १० दिनदेखि वडा कार्यालयमा ताला
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार ११:३:५४
♦ सञ्जय मिश्रा
२५ पुस, रौतहट । संघीयता पछि गाँउ गाँउमा सिंहदरबार आउँछ र जनताको आधारभूत आवश्यकता पूरा गर्दै देशको विकास गर्छ, सुखी नेपाली समृद्ध नेपाल बन्छ भने यहाँका नागरिकले विश्वास लिएका थिए।
२०७४ को स्थानीय निर्वाचन पछि गाउँ गाउँमा सिंहदरबार त आयो तर जनता बाट चुनिएर आएका जनप्रतिनिधि अर्थात् छोटे राजाहरू जनताको आवश्यकता भन्दा बजेटकै भागबन्डामा अल्झिएका छन् ।
नागरिकको पीरमर्कालाई हेर्ने उनीहरूलाई मतलब नै देखिएन । बजेट बाहेक अन्य समस्या देख्ने यीनलाई फुर्सद नै छैन। यसको ज्वलन्त उदाहरण बनेको छ रौतहटको वृन्दावन नगरपालिका ।
पूजाको लागि चन्दा नदिएको भन्दै वडा १ को कार्यालयमा एक समूहले डेढ सातादेखि ताला लगाएको थियो। तर उक्त ताला अर्थात् वडाको कार्यालय खुलाईदिने कोही भएन।
वडा कार्यालयमा ताल्चा लागेपछि आम सर्वसाधारण मर्कामा परेका छन भने कार्यालयले प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द भएको छ।
स्थानीय राजदेव पटेल करिब पाँच दिनदेखि वडा कार्यालय धाइरहेका छन्। तर, वडा कार्यालयमा ताला लागेको देखेर उनी सधैं फर्केर आउँछन्। उनको भर्खरै जन्मेकी छोरीको जन्मदर्ता बनाउन वडा कार्यालय धाउने गरेको बताउँछन्। वडा कार्यालयमा तालाबन्दी गरिएको कुरा थाहा पनि छैन र पटेल मोबाइल समेत चलाउँदैनन् ।पटेललाई छोरीको जन्मदर्ता बनाई बालपोषण भत्ता खुवाउने चिन्ता लागेको छ।
तर, वडा कार्यालयमा तालाबन्दी कै कारण उनको छोरीको जन्मदर्ता बन्न सकेको छैन। उक्त वडाका राजदेव पटेल मात्र होईन कार्यालयमा डेढ साता देखि तालाबन्दीका कारण कैयौं सर्वसाधारण मर्कामा परेका छन। वडा अध्यक्ष रामनाथ सहनीले दुर्गा पूजाको अवसरमा लागेको मेलामा चन्दा नदिएका कारण वडा कार्यालयमा ताला लागेको स्वीकार्छन् ।
वृन्दावनका मेयर विनोदप्रसाद कुर्मीले दुर्गा पूजाको लागि बचन दिएको चन्दा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएका कारण दिन नसकेकाकाले स्थानीय अमिन्दर पटेल सहितको टोलीले वडा कार्यालयमा तालाबन्दी गरेको अध्यक्ष सहनीले बताएका छन्।
दुर्गा पूजाको अवसरमा मेला लगाउन नगरप्रमुख कुर्मीले पाँच लाख रुपियाँ दिने प्रतिबद्धता गरेको थियो । तर, पालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयमा विवाद उत्पन्न भएका कारण समयमा उक्त भुक्तानी हुन नसकेकाले आक्रोशित स्थानीयहरूले वडा कार्यालयमा तालाबन्दी गरेको वडाअध्यक्ष सहनीले बताएका छन्।
मेयरले भुक्तानी नदिँदा वडा कार्यालयमा किन तालाबन्दी गरेको भनेर सोध्दा स्थानीय अमिन्द्र पटेलले वडा कार्यालय पनि नगरपालिकाकै अंग भएकाले तालाबन्दी गरेको बताए । त्यसैगरी नगरको स्वास्थ संस्थाहरुमा औषधिको अभाव छ तर कसैको ध्यान गएको देखिएन। यसरी वृन्दावन मात्र नभई जिल्लाको आधादर्जन पालिकामा बेथिति देखिएको छ।
सोमबार रौतहटको कटहरिया नगरपालिकामा पनि जनप्रतिनिधिले नै तालाबन्दी गरेका छन्। त्यस अघि गरुडा नगरपालिकामा सुविधाको माग गर्दै उपमेयर सहित जनप्रतिनिधिले पाँच दिन अघि नगरपालिकाको मुलगेटमा ताला लगाएर धर्नामा बसेका छन्। तालाबन्दीका कारण पाँच दिनदेखि त्यहाँका नागरिकले पाउने सम्पूर्ण सेवा सुविधा बन्द भएको छ।
उता तलबको माग गर्दै फतुवा बिजयपुरमा शिक्षक कर्मचारी एकसाता अघि देखि धर्नामा बसेका छन्। उनीहरूको माग प्रती जनप्रतिनिधिहरु गम्भीर नभएको शिक्षकहरूको आरोप छ।
यसरी दुई गाउँपालिका सहित १८ स्थानियतह रहेको रौतहटको अधिकांश स्थानमा जनप्रतिनिधिहरु बजेटकै भागबण्डामा रुमलिएको देखिन्छ। मतदाता नागरिकको सेवा सुविधा र मार्कालाई उनीहरूले बिर्सनै सकेको देखिन्छ। तथापी नागरिकको समस्या समाधान तथा पालिकाहरुको अवस्था बारे राज्य गम्भीर हुनु जरुरी देखिन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार