विशेष समारोहमा ओहोदाको प्रमाणपत्र प्रस्तुत
नेपालबहस संवाददाता
पुस २५, २०८० बुधबार १३:५३:३१
२५ पुस, काठमाडौं । स्विस महासंघका लागि नेपालका राजदूत रामप्रसाद सुवेदीले स्विस महासंघका अध्यक्ष भायोला एमहेर्डसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
बर्नस्थित सङ्घीय राजाप्रसादमा आयोजित विशेष समारोहमा राजदूत सुवेदीले अध्यक्ष एमहेर्डसमक्ष मंगलबार आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे ।
ओहोदाको प्रमाणपत्र पेस गरेपछि राष्ट्रपति एमहेडसँग भएको शिष्टाचार भेटमा राजदूत सुवेदीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट स्विट्जरल्याण्डका राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्य र शान्तिको कामनाका साथै स्विट्जरल्याण्डका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका थिए । संयुक्त राष्ट्रसंघ र अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार
राजदूत सुवेदीले नेपाल र स्विट्जरल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउँदै आपसी सहयोगका क्षेत्रलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले व्यापार, पर्यटन र लगानीका क्षेत्रमा मिलेर काम गर्ने प्रशस्त अवसर रहेका जानकारी दिँदै नेपालमा शान्ति प्रक्रियालगायत स्विस विकास सहयोगमार्फत प्राप्त स्विस सहयोगप्रति आभार व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा
असोज १०, २०८१ बिहिबार
नयाँ युगको सुरुवात माओवादी नै गरेको हो : प्रचण्ड
असोज १०, २०८१ बिहिबार
आईजीपीको विदेश भ्रमणः रवि–छवि पक्राउ छल्ने, सरकारलाई असहयोग गर्ने
नेपालबहस संवाददाता
असोज ८, २०८१ मंगलबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री स्वेयस्याङ्बीच भेटवार्ता
असोज १०, २०८१ बिहिबार
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि
असोज १०, २०८१ बिहिबार
बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी
असोज १०, २०८१ बिहिबार
फिल्म ‘सारंग’ को फस्टलुक पोस्टर सार्वजनिक
असोज १०, २०८१ बिहिबार