५० मिटर बाटोको लागि समन्वयकारी भुमिका खेल्न नसक्ने गुलरिया नगरपालिका
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १५:३६:२२
•दीपककुमार शर्मा
२६ पुस बर्दिया । त्यसो त तराईका जिल्ला सुगम भनेर भनिने गरिएको छ । तर यसो भनिरहँदा बर्दिया गुलरिया नगरपालिका ८ सुरजपुर गाँउ बागेश्वरी टोलका सयौं नागरिकलाई भने विश्वास लाग्दैन । लागोस् पनि कसरी ? बस्ती बसेको २० वर्ष भैसकेतापनि त्यो गाँउका नागरिकलाई मुल बाटो सम्म आउनको लागी ५० मिटर जति बाटो नभएका कारण भारत तर्फको बाटो प्रयोग गर्दै गुलरिया बजार आउनु पर्ने बाध्यता रहेको छ । त्यति मात्र होइन स्थानीयले उत्पादन गरेका तरकारी लगायतका नगदे वाली बिक्री वितरणका लागि गुलरिया बजारमा ल्याउँदा समेत भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ, यसले भारतीय सीमा सुरक्षा बलले सधैं मानसिक तनाव दिने मात्र होइन जरीवाना समेत लिने गर्दछ ।
आफना र गाँउका समस्याका विषयमा जनप्रतिनिधि देखि जिल्ला सुरक्षा निकायसम्म पुग्दा पनि यसको कुनै समाधान निस्कन सकेको छैन । वागेश्वरी टोल अन्तर्गत जाजरकोटीहरु बसोवास रहेको सो गाँउमा मानिस आउ जाउ गर्न समस्या त छदैछ मानिस विरामी भएका एम्बुलेन्स र आगलागी भएका दमकल जान समेत सक्ने अवस्था छैन । त्यस गाँउमा पुग्नका लागि भारतको बाटो जानुपर्ने छ ।
गुलरिया नगरपालिकाले चाहेको खण्डमा ५० मिटर बाटो निकाल्नको लागी कुनै आइतबार कुर्नु पर्दैन तर जनप्रतिनिधि र कर्मचारीलाई त्यसको मतलव छैन । जग्गा धनीहरुसँग छलफल गर्ने, त्यसबाट समाधान निस्किएको खण्डमा कजवेलाई चौडा बचाउनेतर्फ पनि ध्यान दिन सकिन्छ । स्रोत साधनले बर्दियाका अन्य पालीका भन्दा धनी गुलरिया नगरपालिकाले ५० मिटर बाटो निकासीका लागी जग्गा दाताहरुसँग छलफल गरी मुआब्जा दिएर पनि बाटो खुलाउनु पर्ने देखिन्छ ।
जय बागेश्वरी टोलमा ३५ घरधुरीका १ सय ५० जनसङ्ख्या रहेको टोलका अगुवा हिमबहादुर पुनले बताए । उनका अनुसार आफूहरुले सीमाको रक्षा गरेको बताउँदै पालिकाले ५० मिटर बाटोको लागि निकासको पहल नगरेका कारण समस्यामा परेको बताए । बाटोका लागी वस्तीका सम्पूर्ण दाजुभाइहरुले जग्गा दिनुभएको छ पुनले भने । बाटोमा नागरिकले आफै श्रमदान गरेका छन तर मुर्तिहा-गुलरिया सडक खण्डमा बाटो जोडनका लागि अन्य ४ जनाको जग्गा भएका कारण बाटो नखुलेको हो । यस विषमा पटक पटक स्थानीय सरकार र प्रशासनलाई जानकारी गराउँदै ज्ञापन पत्र समेत बुझाएको उनले बताए ।
तर पनि सुनुवाइ नभएको उनले बताए । गुलरिया नगरपालिकाले कानमा तेल हालेर बसेका कारण समस्याको समाधान निस्कन सकिरहेको छैन । सो गाँउमा पुग्नको लागि कजवे बनाइएको छ त्यसमा मानिस बाहेक अन्य साधन वा सामान ओसार्न सकिदैन । मुर्तिहा-गुलरिया सडक खण्डमा जोडिनका लागी जग्गा धनीहरुसँग पालिकाले समन्वय गरी समाधानको निम्ति पहल गर्न जरुरी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणमा अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
मंसिर १०, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार