प्रधानमन्त्री प्रचण्डले घटाए सचिवालय, एकै पठक १८ जनाको गयो जागिर
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १३:४४:५६
२६ पुस, काठमाडौं । आफ्नो दोस्रो कार्यकालमा व्यापक परिवर्तन गर्ने अठोट लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारी र निजी सचिवालयको कर्मचारी संख्यामा कटौती गरेका छन् । उनले दुवै सचिवालयमा रहेका कर्मचारीको संख्या घटाएका छन् । प्रधानमन्त्रीको सचिवालयबाट सरकारी र निजी समेत गरी १८ जनालाई जिम्मेवारी हटाइएको बताइएको छ ।
प्रधानमन्त्रीको सल्लाहकार सचिवालयमा ५, स्वकीय सचिवालयमा ३१ र निजी सचिवालयमा ४ जना थिए । जसमध्ये सरकारी तर्फका १० र निजी तर्फका ८ जनालाई हटाइएको बताइएको छ । हटाइएकामा जनसम्पर्क सल्लाहका/ देवेन्द्र पराजुली, प्रशासन सल्लाहकार रामदीप आचार्यदेखि प्रेस संयोजक नारायणप्रसाद ढुंगानासम्म रहेका छन् ।
प्रधानमन्त्रीको सचिवालयमा रहेका स्वकीय उपसचिव रमेशप्रसाद गुरागाईं, ओमकुमारी पौडेल र सावित्रीकुमारी अधिकारी पनि हटाइएका छन् । उनीहरू लगायत ८ जनालाई सचिवालयबाट हटाइएको बताइएको छ । कलबहादुर नाथ पनि प्रचण्डको सचिवालयबाट हटाइएका छन्। उनी पनि उपस्वकीय सचिवका रुपमा कार्यरत थिए ।
सरकारीतर्फ स्वकीय शाखा अधिकृत पुनम खड्का, दीपेन्द्र खड्का र लाल कुमाल तथा प्रशासन सहायक रामलाल पराजुली र युवराज शाह, कम्प्युटर सहायक वासुदेव शर्मा र खड्ग ओलीलगायत १० जनालाई हटाइएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्य, परराष्ट्र सल्लाहकार रूपक सापकोटा, प्रमुख स्वकीय सचिव सन्तकुमार दरै, स्वकीय सचिव रमेश मल्ल र गंगा दाहाल भने यथावत् छन् । यसै गरी स्वकीय सहसचिव रहेका प्रेस विज्ञ मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेल पनि जिम्मेवारीमै रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहन्छः प्रधानमन्त्री
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार