राष्ट्र निर्माता दिब्यधारणालाई अनुसरण गरी पदचाप पछयाउ : पुर्बराजा ज्ञानेन्द्र शाह
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १०:१८:१४
२७ पुस, काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिब्यधारणालाई अनुसरण गरेर त्यसको पदचाप पछयाउनु पर्ने बताएका छन ।
३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै पुर्व राजा शाहले गौरबशाली व्यक्तिको रूपमा स्मरण गर्नु पर्ने पनि जनाएका छन ।
‘सिंगो नेपाल राष्ट्रको अस्तित्व खडा गरेर हामी सबैलाई नेपाली भन्ने हैसियत प्रदान गर्ने हाम्रा राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई हामी हाम्रो इतिहासका गौरबशाली व्यक्तित्व मान्दछौं,’ शाहले शुभकामना सन्देशमा भनेका छन, ‘आफ्नो इतिहास आफ्नो स्वत्तत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जताततै भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न सक्दैनौं, त्यसैले पृथ्वी जयन्तीको यो शुभ घडीमा हामीले सम्झनै पर्दछ, नेपाल राष्ट्रका जनकलाई नेपाली मात्रका एकताका आधारलाई।’
उनले शुभकामना सन्देशमा अगाडी भनेका छन्, ‘राष्ट्र भनेको भुगोल मात्र होइन, जनताको साझा थलो हो अनि राष्ट्र भनेको राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर पनि हो, सबै जात जाती, सबै वर्ग समुदाय, सबै धर्म धारण गर्ने नेपाली एउटै सुन्दर बगैंचाका थरि थरी सुन्दर फूलहरु हुन्, हाम्रो राष्ट्र निर्माणको पूनित कामना यो हो।’
‘हाम्रो राष्ट्रनिर्माताबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने टड्कारो आवश्यकता अहिले देखिन्छ,’ पुर्ब राजाले शुभकामना सन्देशमा उल्लेख गरेका छन, ‘त्यसैले यसका निम्ति हाम्रा राष्ट्रनिर्माताबाट भएका योगदान, कोरिएका मार्गचित्र तथा दिव्य उपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउँदै हामी अघि बढौं।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार