धार्मिक र पर्यटकीय महत्व बोकेको भीरकोट बडा मौलाकालिका
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १२:५९:४५
♦ पूजा खड्का
नेपाल एकीकरण अघि बाइसी चौबिसे राज्य अन्तर्गत पर्ने हालको गण्डकी प्रदेश स्याङ्जा जिल्ला भीरकोट नगरपालिकाको उत्तर पूर्वमा पर्ने बानेथोक देउराली भन्ज्याङ माथि भीरकोट बडा मौलाकालिकाको मन्दिर निकै रमणीय स्थलमा रहेको छ ।
भीरकोट बडा मौलाकालिका मन्दिर ऐतिहासिक स्थलको रुपमा रहेको छ । यस मन्दिरको दक्षिण पश्चिम भागमा भैरवको मन्दिर रहेको छ । यो डाँडामा छ, जसका कारण चारैतिर रहेका गाउँघर त्यस्तै गरी दक्षिण दिशामा ऐतिहासिक तीर्थस्थलको रूपमा रहेको देऊपुजे ढुङ्गा, उत्तर पश्चिम दिशामा नुवाकोटको टावरसम्म देख्न सकिने निकै मनमोहक स्थलमा रहेको हुँदा जो कोहीले पनि त्यहाँ पुगेपछि आनन्दको अनुभूति गर्दछ ।
भीरकोट राज्यको समय भीरकोटे राजाहरूले मन्दिर बनाएर सुरुवात गरेको र राजाहरूले निकाल्ने मौलालाई वडा मौलाकालिका भनिने हुँदा यसको नाम भीरकोट बडा मौलाकालिका नाम रहेको कुरा जानकारहरू बताउँछन् ।
राजाहरू तल बसेको र राजदरबार तथा राजाको सुरक्षाको लागि डाँडामा किल्ला र सुरुङ राखेर लडाई लड्न र लुक्नको लागि राखिएका सुरुङहरू अहिले पनि रहेको कुरा देख्न सकिन्छ । तत्कालीन समयमा भीरकोट राज्य हालको चापाकोटको साखर सेखाम पूर्वको दक्षिणमा गह्रौंकोट, पश्चिम र उत्तरमा सतौं र नुवाकोट राज्यसम्म फैलिएको विशाल र शक्तिशाली राज्य थियो।
त्यति बेला प्रशस्त मात्रामा गुठी रहेको र राजाहरूले गुठी सञ्चालन गर्नको लागि ठाउँ ठाउँमा व्यक्तिहरूलाई जिम्मा लगाएका थिए । त्यही गुठीबाट भीरकोट वडा मौलाकालिका र भैरवको पूजाआजा गर्ने प्रचलन तत्कालीन समयमा थियो र अहिले पनि नेपाली हिन्दू परम्परा अनुसार विधिसहित पूजाआजा गर्ने प्रचलन यथावत नै छ।तत्कालीन समयमा विशेष गरेर हिन्दूहरूको महान पर्व बडा दशैं र चैते दशैंमा कोटमा पूजा गर्ने तथा बली दिने प्रचलन थियो भने हालमा पनि उक्त प्रचलन यथावत नै छ।
पूजाआजा गर्ने खर्च गुठीबाट चलाउने परम्परागत चलन भने अहिले गुठी नहुँदा सङ्कटमा परेको छ । नेपाल एकीकरण भएसँगै भीरकोट राज्य नेपालमा गाभिन पुग्यो र राजा महेन्द्रको भूमिसुधार ऐन २०२० ले भूमि सम्बन्धी केही फरक नियम आएपछि २०३६ पछि गुठीमा भएका जग्गा सरकारी मापदण्ड पूरा गरी गुठी सञ्चालकहरुले रैकरमा परिणत गरे भने कति गुठीको विषयमा स्थानीयमा थाहा नहुँदा यत्तिकै रहेका पनि छन् । यस्तै उदाहरण हालको वालिङ्ग नगरमा पर्ने धौं खोलाको गुठी अहिलेसम्म पनि गुठीमा नै रहेको छ । त्यहाँबाट परम्परागत प्रचलन अनुसार नागपञ्चमी, जनै पुर्णिमा दशैं जस्ता पर्वहरूमा बाकी अनुसार चढाउने र दशैंमा दुर्गा पाठ वाचन गर्ने प्रचलन अहिलेसम्म रहेको छ।
बानेथोक देउराली गाविस रहँदा नै भीरकोट वडा मौला कालिका मन्दिर ढुङ्गा माटोबाट निर्माण भएको, त्यही पनि जीर्ण भएको हुँदा तत्कालीन गाविस अध्यक्षको पहलमा यसको संरक्षण गर्नुपर्छ भनेर स्थानीय सबै मिलेर सक्दो दान गरी तत्कालीन समयमा स्थानीय स्तरमा त्यही बसोबास गर्ने मेग बहादुर अधिकारीको छोरा मोहन अधिकारीले ठूलो धनराशी खर्च गरी मन्दिर जीर्ण हुनबाट संरक्षण गरे । यसको उद्दघाटनमा नेपाल सरकारका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री दीपकुमार उपाध्यायले यस भीरकोट वडा मौला कालिका मन्दिरको उद्घाटन गरेका थिए। ऐतिहासिक तीर्थस्थलको संरक्षण सरकारले गर्नुपर्ने ठाउँमा स्थानीय सहयोग र श्रमबाट निर्माण हुनु महत्वपूर्ण भएको धारणा व्यक्त गर्दै त्यस्तो कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुशी लागेको कुरा व्यक्त गरेका थिए ।
तत्कालीन समयदेखि अहिलेसम्म दशैंमा दिनहुँ देवीको पूजा गर्ने नियम, पूजा गर्ने चौँथीबाहेक बाँकी दिन वलीसहित आवश्यक सामग्री जुटाएर कलश भित्राएर ऋतु अनुसारका फलफूल चढाएर पूजा गर्ने प्रचलन अहिलेसम्म पनि कायम नै छ भने सप्तमीमा फूलपाती भित्राएर बाजागाजासहित पूजा गर्ने अष्टमीमा देवी निकालेर धोई पखाली सजाएर माैलाेमा रागो बलि दिएर सर्वसाधारणको लागि पूजा खुल्ला गरिन्छ भने काल रात्रीमा पण्डितले पूजा गरेर पाठो काटेर बलि दिइन्छ । देवीको शक्तिले बाघले खान्छ भन्ने प्रचलन रही आएको छ।
दशमीमा टीकाको साइतमा पुजारीसहित उपवास बसेका चार ठाउँका पुजारी बास्तारा डाडाकोट जगतपुर र सारुबाट आई मौला पूजा गरेर देउती सेलाएर विधिपूर्वक पूजा गरेर विसर्जनमा पाठी काटेर पूजा गरी प्रसाद खाएर बाँकी रहेको भतेर पाटामा लगेर सेलाइने प्रचलन आजसम्म कायम नै छ ।
ऐतिहासिक भूमि ग्रामीण क्षेत्रमा रहेको हुँदा र कच्ची बाटोको कारण आवतजावतमा समस्या हुँदा प्रचार प्रसारमा पनि कञ्जुसाई भएको हुँदा यसको सहजताको लागि बाटोको व्यवस्थापन गरेको खण्डमा पर्यटकीय सम्भावना रहेको हुँदा पर्यटकीय तवरबाट ऐतिहासिक धार्मिक स्थलको रुपमा विकास निर्माणमा जोड दिन सक्यो भने पर्यटकीय सम्भावना प्रशस्त रहन्छ भने आवतजावत, संस्कृति र धार्मिक स्वतन्त्रता भए पनि हिन्दु धर्मावलम्बीको लागि एक ऐंतिहासिक तीर्थस्थलको रुपमा जगेर्ना गर्न सकिन्छ ।
बयरघारी बिरुवा सडक खण्डको विस्तार शीघ्र रुपमा गर्दा पनि यसको लागि सहजता र भीरकोट राज्यको राजाहरूले पूजा गरेको ऐतिहासिक तीर्थस्थल हेर्ने अवसर धेरै नयाँ पुस्ताले पाउन सक्छन् साथै उनीहरूमा धार्मिक भावनाको उजागर हुनुका साथै पूजाको अर्थ महत्वको बारेमा जानकारी लिन सक्छन् । यो मन्दिर परिसर धार्मिक रुपमा मात्र नभएर दृश्यात्मक रुपमा पनि रमाइलो र शान्त ठाँउमा अवस्थित रहेको हुँदा यसले जो कोहीको पनि मन लोभ्याउने निश्चित छ ।
धार्मिक र पर्यटकीय महत्व बोकेको बडा मौलाकालिका मन्दिर र परिसरको सुरक्षा र विकासमा सम्बन्धित सबैको ध्यान जानु आवश्यक छ । संस्कृतिको जगेर्ना गर्नु वा संस्कृतिको रक्षा गर्नु मानवीय रक्षाको मार्ग हो । संस्कृति रहे मात्र मानव जाति रहने हो । त्यसैले संस्कृतिको जगेर्ना गर्दै अघि बढौँ । विकासमा हातेमालो गरौँ । नकारात्मक कार्यमा खर्च नगरौं । सत्मार्गमा अघि बढौँ । भीरकोट वडा मौला कालिकाले हामी सबैको रक्षा गरून् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार