जलहरी प्रकरणमा प्रतिवादी बनाइएका कोषका पूर्वसदस्य-सचिव थापा तीन लाख धरौटीमा रिहा
नेपालबहस संवाददाता
पुस २७, २०८० शुक्रबार १५:९:४९
२७ पुस, काठमाडौं । पशुपतिनाथको मन्दिरमा सुनको जलहरी चढाउँदा भ्रष्टाचार भएको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाइएका पशुपति विकास कोषका पुर्वसदस्यसचिव डा. मिलनकुमार थापा धरौटीमा रिहा भएका छन् । विशेषका न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले यस्तो आदेश दिएको हो ।
दुवै पक्षको बहसपछि विशेषले उनलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको विशेषका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष तथा सदस्यसचिव थापासमेतले जलहरी निर्माण गर्ने क्रममा सुनको परिमाण तथा गुणस्तरमा अनियमितता गरेको भन्दै मुद्दा दायर भएको थियो ।
थापासहित तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठसमेत यस मुद्दामा प्रतिवादी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष १४ असोजमा पशुपतिको जलहरीमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको थियो । एक हजार चार सय ९१ ग्राम सात सय १८ मिलिग्राम सुन भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार