बाबुरामको पार्टीसँग एकता गर्न प्रचण्डको नेतृत्वमा समिति गठन
नेपालबहस संवाददाता
पुस २८, २०८० शनिबार १९:३:४०
२८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग एकताका लागि एकता संयोजन समिति बनाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । २०७९ सालको निर्वाचनदेखि भट्टराई नेतृत्वको पार्टीसँग एकता गर्ने भनेपनि प्रचण्डले अल्मल्याएका थिए । तर शनिवार बसेको बैठकले त्यसका लागि प्रचण्डलाई नै जिम्मेवारी दिएको हो ।
शनिबारको बैठकले विधान सम्मेलनका प्रतिनिधि छनोटका लागि मापदण्ड पनि बनाएको छ । बैठकमा माओवादीका प्रदेश इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए । माओवादीले आउँदो फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ । यसै गरी पार्टी कमिटीलाई अहिले जस्तो भद्दा नबनाउन भन्दै १५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरिएको छ । ‘हामीले संगठनलाई सानो बनाउने केन्द्रीय समिति पोलिटब्युरो, स्थायी कमिटी सबैलाई अहिलेको जस्तो ठूलो नबनाउने सुझाव दिएका छौं । प्रदेश, जिल्ला र पालिकालाई अधिकार सम्पन्न गराउनुपर्छ भन्ने हाम्रो सुझाव छ,’ विधान मस्यौदा समितिका एक सदस्यले भने ।
माओवादीमा अहिले केन्द्रीय सदस्य ३८५, वैकल्पिक केन्द्रीय सदस्य १९९ रहेका छन् । केन्द्रीय कमिटीबारे प्रश्न उठेपछि विधान समितिले व्यवस्थित बनाउने गरी मस्यौदा तयार पारेको छ । जुन प्रतिवेदन प्रचण्डलाई बुझाइएको छ । समितिले तयार पारेको मस्यौदालाई जिल्ला तहमा एक महिनासम्म छलफल गरेर फागुनमा हुने सम्मेलनबाट पूर्णता दिने माओवादीको तयारी छ । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा गठित समितिमा महासचिव देव गुरूङ, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल, सचिवद्वय गणेश साह र राम कार्की सदस्य छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार