प्याङखोलामा अस्तायो सञ्जिताको बेलायत फर्कने सपना
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार ११:२४:३१
२९ पुस, बागलुङ । सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिइन् । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्म घर देखेकी थिइनन् । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान जन्मेको थलो टेक्न चाहन्थिन् ।
दुर्भाग्य सञ्जिताले श्रीमानको जन्मथलो त टेकिन् । तर त्यो बाटो अब कहिल्यै फर्किने छैन । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका–५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाइन् । दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् ।
ढोरपाटन नगरपालिका–४ छोरेगाउँका दीपक गैरे र चन्द्रागिरि नगरपालिका–५ सतुङ्गलकी सञ्जिता अधिकारी दुई वर्षअघि विवाह भएपछि बेलायत लागिन् । दीपक पहिलेदेखि नै बेलायत बस्दै आएका थिए । बिहेपछि दीपकले सञ्जितालाई जन्मघर ल्याएनन् । काठमाडौँमै बिहे भयो । उतैबाट बेलायत उडे ।
बेलायतको दुई वर्षको बसाइपछि यही पुस ६ गते गते उनीहरू नेपाल आए । करिब सात वर्ष पहिलादेखि काठमाडौँ बस्दै आएका दीपकको जन्मस्थान घुमेर मात्रै बेलायत जाने रहर सञ्जितालाई थियो । लमजुङको पहाडघर छाडेर काठमाडौँ बस्दै आएकी सञ्जिताको रहरअनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाउँ पुगे । ‘घर जाने कर गरेकै उसैले हो, उसैले छाडेर गई’, दुर्घटनामा घाइते हुनुभएकी सञ्जिताकी जेठानी मनकुमारी गैरेले भने ।
सञ्जिताको रहरअनुसार नै दीपकको परिवार काठमाडौँबाट छोरेगाउँ आएको बताउछन् मनकुमारी । गत पुस २६ गते साँझ उनीहरु गाउँ पुगेका थिए । पुस २७ गते जेठो दाजु विवराज गैरेसँग दीपक, सञ्जिता र उनको परिवारले सात वर्षअघि छाडेर काठमाडौँ पुगेको छोरेगाँउ घुमे । सञ्जितालाई बाल्यकालका रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाएका दीपक गम्भीर घाइत छन् ।
सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटनतर्फ गइरहेको ध१ज १९ नम्बरको जीप ढोरपाटन नगरपालिका–५ प्याङखोला अस्तुमा दुर्घटना भयो । जहाँ श्रीमानको गाउँ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकी सञ्जितासँगै सवारी चालक ढोरपाटन–४ खुङ्गाका तिलक घर्तीको समेत ज्यान गयो । सग्लो परिवार सवार जीप सडकमा पल्टेपछि परिवारका सदस्य गम्भीर घाइते छन । घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपकलाई उपचारका लागि हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।
मृतक सञ्जिताका श्रीमान दीपक, उनका आफन्त विवराज, जोगनारायण गैरे र उनकी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उहाँकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएका प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि उनीहरुलाई हेलिकप्टरमा मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि जीप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरी निरीक्षक केसीले बताए । घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार
असोज १०, २०८१ बिहिबार
धादिङको चिरौदीमा सुक्खा पहिरो, कारसहित पुरिएका चार जनाको सकुशल उद्धार
असोज १०, २०८१ बिहिबार
कोशी ब्यारेजबाट बस नदीमा खस्यो
असोज १०, २०८१ बिहिबार
देशका अधिकांश ठाउँमा वर्षाले पार गर्यो चेतावनी तह, पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध
असोज ११, २०८१ शुक्रबार
एएफसी यू-२० : नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल
असोज ११, २०८१ शुक्रबार
खुश्बु टेन्ट हाउसमा आगलागी
असोज ११, २०८१ शुक्रबार
चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार