मक्सद विनै राजधानी केन्द्रित आन्दोलनको तयारीमा एमाले
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार ११:४७:५
२९ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला राजधानी केन्द्रित आन्दोलनको तयारीमा छन् । उनले जनपवर्गीय संगठनहरुलाई यसको तयारीका लागि खटाई सकेका छन् । ओलीको निर्देशनअनुसार भर्खरै मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रासम्पन्न गरेको एमालेले जनवर्गीय संगठन मार्फत काठमाडौं केन्द्रित आन्दोलन गर्ने गरी गृहकार्य गरेको छ ।
सरकार परिवर्तन गर्न बहुमत सिद्ध गर्न आवश्यक संख्या नपुगेका बेला जनतामाझ आफ्नो उपस्थिति देखाउन एमालेले जनवर्गीय संगठन मार्फत आन्दोलनको तयारी गरेको एमालेका महासचिव शंकर पोखरेलले बताए । ‘सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गरेको तथा राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुग्ने काम गरेको निष्कर्ष निकाल्दै एमालेले आन्दोलनको गृहकार्य सुरु गरिरहेको छ’, एमाले महासचिव शंकर पोखरेलले भने । जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले सबै जनसंगठनहरूलाई आन्दोलनको गृहकार्य अगाडि बढाउन निर्देशन पनि दिइसकेका छन् ।
सरकारको गैरजिम्मेवारीले सीमा नाघेका कारण सही ठाउँमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपर्ने बाध्यता देखिएको उनको भनाइ थियो । केही दिन अघि बसेको संयन्त्रको बैठककमा जनसंगठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने गरी तयारी गर्न निर्दैशन दिएपछि आन्दोलनको एजेण्डाहरु तय गर्ने गरी जनसंगठनले आफ्नो कमिटीमा छलफल गरिरहेका छन् । ‘सरकार हरेक क्षेत्रमा असफल भयो, मुलुकको स्वाधीनतामाथि पनि गम्भीर आँच आउने खालका काम गरिरहेको छ, अब यो सरकारलाई ठेगान लगाउने गरी आन्दोलनको तयारीमा जुटनुपर्छ भन्ने निष्कर्षमा पार्टी पुगेको छ,’ महासचिव पोखरेलले जनसंगठनको बैठकमा भनेका थिए । उनका अनुसार निकट भविष्यमा राजधानीकेन्द्रित भएर केही गतिविधि गर्नुपर्छ यसका लागि सबै जनसंगठनले तयारी गर्न आवश्यक रहेको र तयारीपछि पार्टीले निर्देशन दिनेछ ।
सरकारबाट बाहिर बसेको एमालेले यसअघि पनि विभिन्न कार्यक्रमहरु गरिरहेको थियो । संसद र संसद बाहिर सरकारविरुद्ध गरिएका कार्यक्रमहरु असफल भैरहेको छन् । ‘कांग्रेसले गठबन्धन नछाड्दासम्म सरकार परिवर्तन हुने अवस्था छैन एमालेले गर्ने भनेको आन्दोलन आफ्नो उपस्थिति मात्रै हो’, एमालेका एक पदाधिकारीले भने । उनका अनुसार सरकारभित्र असन्तुष्टि भएपनि एमालेविरुद्धको मोर्चाबन्दीमा गठबन्धन दल एक भएको अवस्थामा आन्दोलन गरेपनि कुनै पार लाग्दैन ।
‘आन्दोलन सरकार ढाल्न होइन आफ्नो उपस्थिति कायम राख्न हो, जनवर्गीय संगठनलाई परिचालन गर्न हो’, ती पदाधिकारीले भने । पार्टीले जिल्ला सम्मेलन पनि गरिरहेको र सम्पर्क मञ्चहरुको पनि सम्मेलन गरिरहेकाले सकेसम्म त्यस्ता फोरमलाई नै आन्दोलनको रुपमा अघि बढाउनेगरी अघि बढ्ने एमालेको नीति रहेको छ । गठबन्धन टुटाउनका लागि माओवादी र कांग्रेस मध्ये कुनै एक दल बाहिर नआई एमाले सत्तामा जान नसक्ने भएकाले अहिले आफ्नो उपस्थिति जनतामाझ राख्न पनि एमाले विभिन्न कार्यक्रमहरु बाहिर ल्याउन लागेको राजनीतिक बुझाई छ ।
एमालेका केही पदाधिकारीहरुले अहिले आन्दोलनको आवश्यकता छैन भनिरहेका बेला महासचिव पोखरेल एमालेमाथि चौतर्फी आक्रमण रहेकाले पनि आन्दोलनको आवश्यकता र औचित्य रहेको दावी गरेका छन् । ‘राज्य र नागरिक मिलेर मात्रै देश बन्छ । तर, जनतामा देखिएको निराशाले राष्ट्र निर्माण सम्भव छैन । त्यो गठबन्धनले गर्न पनि सक्दैन । प्रतिपक्षको काम नै विरोध गर्ने भनेर उडाउने धैर्यता राख्यो प्रतिपक्ष कहाँ छ भनेर प्रहार गर्ने, एमाले सरकारमा छैन तर सत्तापक्षको प्रहार एमालेमाथि छ ।
नयाँ भन्नेहरूको पनि प्रहार एमालेमाथि नै छ । धेराबन्दी गर्दैछन् । राजावादी भन्नेहरूको निशानामा पनि एमालेमाथि हुँदैछ । एमाले भविष्यको यात्रामा हिँडेकाले उनीहरूले आफ्नो स्वार्थको बाधक देखेकाले आक्रमण गर्दैछन्, त्यसकारण पनि आन्दोलन जरुरी छ’, महासचिव पोखरेलले भने । अध्यक्ष ओलीले सवै तहका नेता तथा कार्यकतालाई यो आन्दोलनको तयारीमा जुट्न निर्देशन दिएपनि किन एमाले राजधानी केन्द्रीत आन्दोलत गर्न खोजिरहेको छ भन्ने तथ्य भने खुलेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट चीनमा कम्तिमा ३२ जनाको मृत्यु, ३८ घाइते
पुष २३, २०८१ मंगलबार
लहान नगरपालिकाले गर्यो प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
पुष २३, २०८१ मंगलबार
सातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार