करोडौं अस्पतालमा कवाडी छड प्रयोग गरेको भन्दै पूर्व मेयर कुशवाहले रोके निर्माण
नेपालबहस संवाददाता
पुस २९, २०८० आइतबार १५:२१:२१
२९ पुस, रौतहट । रौतहटको कटहरिया स्थित प्राथमिक केन्द्रको भवन निर्माणमा गुणस्तरहीन काम गरेको पाइएको छ । १५ बेडको स्वास्थ्य केन्द्र निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी उपेन्द्र चौधारीले कवाडीको छड प्रयोग गरेको पाइएपछि कहरिया नगरपालिकाका पूर्व मेयर सियाराम कुशवाहाले रोक लगाइएका छन ।
संघीय सरकारको १९ करोड ७५ लाख भ्याट सहितको लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेण्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनन्जय, चौधरी जेविले ११ करोडमा साकार गरेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको हाता भित्र १५ शैंयाको भवन निर्माण अवधि २ बर्ष रहेको छ ।
पूर्व मेयर कुशवाहाले शनिबार स्थलगत अनुगमन निरीक्षण गर्दा निर्माण कम्पनीका निर्देशक उपेन्द्र प्रसाद चौधरीले जग निर्माणमा रोलर नै नचलाइ ढलान सुरु गरे पछि पूर्व मेयर कुशवाहाले निर्माण काम रोक्का गरेको बताएका छन । करीब २० करोडको भवनको जग नै बलियो भएन भने माथिको संरचना कमजोर हुने भएकाले निर्माण रोक्का गरिएको पूर्व मेयर कुशवाहाले बताएका छन ।
ठेकदारले निर्माण कम्पनीले निर्माण स्थलमा होर्डिङ बोर्ड समेत राखेका छैनन् ।
‘टेण्डर तथा निर्माणको स्टीमेटसहित ठेकदारलाई आउन भनेको छु,’ पूर्व मेयर कुहवाहले भने, ‘नगरपालिकाको ईन्जिनियरले निर्माण बारे स्पष्ट पारेपछि मात्र पुनः काम शुरू हुन्छ ।’ उनका अनुसार त्यतिमात्र नभइ ठेकदार चौधरीले करोडौंको भवन निर्माणमा पुरानो कवाडी रड प्रयोग गरिरहेका छन ।
सो अस्पतालको शिलन्यास २०७७ पुस १ गरेका दिन तत्कालीन नगर प्रमुख कुशवाहाले नै गरेका थिए । तर, भवन निर्माण हुने स्थानमा ठूलो खाडल बनाएर तीनबर्ष सम्पर्क बिहीन रहेका ठेकदार उपेन्द्र चौधरी अहिले बल्लतल्ल निर्माण कार्य सुरु गरेका हुन ।
कटहरियाका बर्तमान मेयर अजयप्रकाश जैसवालले आफ्नो लामो प्रयासबाट अस्पताल भवनको निर्माण सुरु भएको बताएका छन । जैसवालका अनुसार सुरुमा अस्पताल भवन निर्माणको लागि मन्त्रालयबाट टेण्डरको प्रक्रियाको थालनी भएको थियो । मन्त्रालयबाट निर्माणको लागि रकम निकासा नहुँदा कुनै प्रक्रिया अगाडि बढेको थिएन ।
हाल मन्त्रालयमा लगातार दौडेर रकम निकासा, टेण्डर स्वीकृत गराएपछि मात्र अस्पताल भवन निर्माणको काम सुरु भएको मेयर जैसवालले दाबी गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
तराई मधेशमा बाक्दो हुस्सु र कुहिरो, चिसोबाट बच्न चिकित्सकको आग्रह
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार
बाह्य सहयोग बढाउन अर्थ मन्त्रालयले तयार पार्यो प्रगतिशील विकास सहायता नीतिको मस्यौदा
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार