१४ किलो सुन प्रकरणमा समातिएका त्रिवि भन्सारका कर्मचारीको बयान लिन अख्तियारले काट्यो पत्र
नेपालबहस संवाददाता
माघ १, २०८० सोमबार १४:३३:४२
१ माघ, काठमाडौं । त्रिभुवन विमानस्थलबाट भन्सारका अधिकांश कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन जानुपर्ने भएको छ । विमानस्थलबाट बरामद भएको १४ किलो सुन प्रकरणमा भन्सारका कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप छानवीन गर्न पत्रचार गरेपछि उनीहरु बयान दिन जानुपर्ने भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न अख्तियारलाई पत्र लेखेपछि आयोगले अनुसन्धान प्रकृया अघि बढाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उक्त सुन तस्करी प्रकरणमा जोडिएका सरकारी कर्मचारीमाथि अनुसन्धान गर्नुपर्ने भन्दै पत्रचार गरेको थियो ।
सरकारी वकिलको उक्त आग्रहपछि अख्तियारले उक्त प्रकरणमा अनुसन्धान गर्ने तयारी गरेको छ । सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरुसमेत संलग्न भएको घटनामा अख्तियारमा फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २०८० मंसिर २१ गते राती फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो ।
घटनामा संलग्न भएको आरोपमा भन्सार कार्यालयले ‘सुन भन्सार चोरी पैठारी’ गरेको अभियोगमा अदालतले आरोपीहरुलाई पूपक्र्षका लागि थुनामा पठाइसकेको छ । त्यही फाइलमा मुद्दा चलाउने राय लेख्ने क्रममा सरकारी वकिलको कार्यालय, काठमाडौंले केही सरकारी कर्मचारी भ्रष्टाचारमासमेत संलग्न भएको देखिएको भन्दै फाइल अख्तियार समेत पठाउन पत्र लेखेको हो । त्यस्तै सम्पत्ति शुद्धीकरण विभागलाई पनि यो प्रकरणमा अनुसन्धान गर्न भनिएको छ ।
सुन चोरी पैठारी काममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुसमेत संलग्न देखिएको भन्सार कार्यालयको अनुसन्धानबाट खुलेको छ । प्राधिकरणका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत सुन तस्करीमा संलग्न देखिएको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले कुनै निकायबारे निर्णय भएर आएको विषयलाई आयोगले उजुरीका रुपमा लिने र अनुसन्धान अघि बढाउने अभ्यास रहेको बताए । सरकारी वकिलको कार्यालयबाट आउने फाइललाई पनि त्यही रुपमा लिएर अनुसन्धान सुरु हुने उनले बताए । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिइसकेको छ ।
विमानस्थल भन्सार कार्यालयले २१ मंसिरमा यूएईबाट ल्याइएको १४ किलो सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घले पक्राउ परेका थिए । अनुसन्धानका क्रममा विमानस्थलका नागरिक उड्डयन कार्यालयका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भएर करारमा कार्यरत कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेतको संलग्नता खुलेपछि उनीहरुको विरुद्ध मुद्धा दायर भएको थियो ।
उनीहरु सबैलाई सुन तस्करीको मुद्दामा थुनामा पठाउने आदेश भएको भन्सारले जनाएको छ । भन्सारले यो मामलामा क्रिप्टोकरेन्सी र मानवबेचबिखन पनि जोडिएको भन्दै थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पनि पत्राचार गरेको छ । सो प्रकरणमा जोडिएका दुई जना अझै फरार छन् । व्यवसायी विमल पोद्दारसहित अंकित अग्रवाल, राजेन्द्र बस्नेत, राज कुमार भारती, जीवन गुरुङ र गुरु भनिने भारतीय नागरिकबारे पनि अनुसन्धानमा तानिएका छन् । जसमध्ये विमल पोद्दार भने चुडामणी उप्रेति गोरे प्रकरणको ३३ किलो सुनसँग जोडिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
हाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार