दोहा र काठमाडौंमा गरी नेपाल एयरलाइन्सको टिकट काटेका ५ सय ३२ जना यात्रु अलपत्र, आज साँझ उडाइँदै
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार ११:५१:१७
२ माघ, काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडीमा कम्प्युटर सेन्सरको खराबी देखिएपछि सोमबार रातीदेखि दुर्व तर्फका गरी ५ सय ३२ जना आत्रु अलपत्र परेका छन् । अलपत्र पर्ने यात्रुमध्ये २सय ७६ जना काठमाडौंमा र २ सय ५६ जना यात्रु दोहामा अलपत्र परेका छन् । उनीहरुलाई नेपाल एयरलाइन्सले राखेको छ ।
निगमको विमानस्थलस्थित जहाज मर्मत सम्भार सम्बन्धित इन्जिनियरिङ मर्मत विभागले सोमबार राति साढे १ बजे निगमको आरए–२३९ उडान नम्बरको अल्फा लिमा जुलु नामको जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा फल्ट देखिएको थियो । त्यसपछि जहाज ग्राउन्डेड गरिएको भन्दै दोहा उडान रद्ध गरिएको थियो । काठमाडौंमा अलपत्र परेका यात्रुलाई राति २ बजे सुन्धारा, गौशाला र ज्ञानेश्वरमा गरी तीनवटा होटलमा राखिएको निगमले जनाएको छ ।
निगमको यो जहाज कतिबेला मर्मत हुने यकिन भनिसकेको छैन । बेलैमा सामान आइहाले तीन दिनमा मर्मत हुने अनुमान गरिएको छ । निगमसँग दुईवटा न्यारो र दुइटा वाइडबडी जहाजमध्ये एउटा न्यरोबडी मर्मतका लागि इजरायलमा पठाइएको छ भने अर्को वाइडबडी दुबईबाट आएको छ ।
मंगलबार बेलुकी जापानको नारिता उड्नुपर्ने तालिका भएपनि काठमाडौंबाट दिल्ली जानु पर्ने वा दिल्ली उडान रद्ध गरेर दोहो उड्नुपर्ने सेड्युलमा छ । यो वाइडबडी पनि न्यूनतम उपकरणको सूचीमा उड्ने प्रावधान अनुसार उडान रहेको छ । जसका कारण दोहा र नारिता उडान पूर्ण वा आंशिक रुपमा प्रभावित हुने देखिन्छ । यस विषयमा निगमले आधिकारिक रुपमा यात्रुलाई सूचना नदिएको बताइएको छ ।
निगमको अन्तर्राष्ट्रिय उडानका चार जहाजमध्ये दुई जहाज प्राविधिक समस्स्याका कारण ग्राउन्डेड भएका छन् । यसबाट सयौं यात्रुको यात्रा प्रभावित बनेको छ । निगमको दर्ता नम्बर ९एन–एएलजेड ए३३० सिरिजको वाइडबडी जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि उडान रोक्नु परेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
हिजो राति दोहा उड्नुपर्ने यो जहाजको उडान रोकिएको छ, रोकिएका यात्रुलाई आज साँझ ७ः ४५ बजेको उडानबाट दोहा लैजाने गरी तयारी गरिरहेका छौं, उनले भने, जहाजहरू ग्राउन्डेड हुँदा उडानहरू डिले हुने छन्, सकेसम्म पूर्वनिर्धारित उडान रद्द नगर्ने गरी योजना बनाएका छौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार