प्रसूति प्रतिक्षा घरले सुत्केरी र गर्भवतीलाई राहत
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १२:०:५९
२ माघ, गलकोट 'बागलुङ' । केही वर्षअघिसम्म घरमै सुत्केरी हुने गरेका बागलुङका गर्भवती अहिले समयअगावै स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जिल्लाका स्वास्थ्य चौकीमा ‘प्रसूति प्रतिक्षा घर’को व्यवस्था गरिएपछि यहाँका सुत्केरी र गर्भवतीलाई यसबाट राहत मिलेको छ ।
स्थानीय पालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको साझेदारीमा बागलुङका २२ बर्थिङ सेन्टर रहेका स्वास्थ्य संस्थामा प्रसूति प्रतिक्षा घरको व्यवस्था गरिएको छ । सुत्केरी हुनुअगावै स्वास्थ्य संस्थामा कुरुवासहित खाना खाने र बस्ने व्यवस्था मिलाइएको छ । जैमिनी नगरपालिका–५ बिनामारेकी २२ वर्षीया यामुना नेपाली दुई महिना अघि शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुगिन । जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुन उनलाई प्रसूति प्रतिक्षा घरले प्रेरित गरेको थियो । सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत जोगिन थालेका छन् ।
“दुई दिनअगावै सकुवा स्वास्थचौकीमा आएर कुरुवासहित बसेँ, स्वास्थ्यमा सुधार आएपछि मात्रै घर फर्केँ”, नेपालीले भनिन, “स्वास्थ्यकर्मीको निगरानीमा नवजात शिशुको उचित स्याहार भयो, हामीजस्ता व्यक्ति होटलमा बसेर सुत्केरी हुन समस्या हुन्थ्यो, अहिले त पकाउने खाद्यान्न लिएर स्वास्थ्यचौकी आए हुँदोरहेछ, पकाउने भाँडाकुँडा, ग्यास चुलो र कुरुवा सुत्ने बेडसहितको सेवा स्वास्थ्य संस्थामै हुँदा सहज भयो ।”
यामुना मात्र होइन, अधिकांश गर्भवतीलाई खाने, बस्ने र कुरुवाको समस्याले सताउने गरेको छ । पछिल्लो समय बागलुङमा पकाएर खाने र बस्ने सुविधासहितको प्रसूति प्रतिक्षा घरले सहज भएको छ । खर्च र समयको बचत भएको छ । प्रसूति प्रतिक्षा घर यहाँका गर्भवती सुत्केरी हुनकै लागि कुश्मिसेरा तथा बागलुङ बजार पुग्ने गरेका थिए ।
जिल्लामै सबैभन्दा बढी सुत्केरी हुने स्वास्थ्य संस्थाका रूपमा चिनिएको निसीखोला गाउँपालिका–३ स्थित बोहोरागाउँ स्वास्थ्य संस्थामा निसीखोला गाउँपालिका र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको सहयोगमा प्रसूति प्रतिक्षा घर निर्माण गरिएको छ ।
भान्साघर र सुत्ने ठाउँसहितको प्रसूति प्रतिक्षा घरले गर्भवतीलाई खर्च र जोखिम दुवै कम गराएको स्वास्थ्यचौकीका प्रमुख कसिन्द्र शाहीले जानकारी दिए । बोहोरागाउँ स्वास्थ्यचौकीमा गत वर्षमात्रै एक सय ४० गर्भवती सुरक्षितरुपमा सुत्केरी भएको उनले बताए । यस वर्ष साउनयता हालसम्म ५४ गर्भवती सुरक्षितरुपमा सुत्केरी भइसकेका छन् । विसं २०७७ अघि सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने गर्भवती होटलमा कुरुवासहित बस्नुपर्ने वाध्यता थियो । प्रसूति प्रतिक्षा घर निर्माणपछि उक्त समस्या हटेको छ ।
विसं २०७७ मा निसीखोला गाउँपालिकाको रु तीन लाख र ग्रामीण स्वास्थ्य सुधार परियोजनाको रु दुई लाख ५० हजारको लागतमा प्रसूति प्रतिक्षा घर निर्माण गरिएको हो । “दुई गर्भवती र दुई कुरुवा बस्न मिल्ने कोठा निर्माण गरिएको छ, पकाउने खाद्य सामग्री घरबाटै लिएर आउनु पर्छ, स्वास्थ्य संस्थामै बस्दा गर्भवती र सुत्केरी अवस्थामा आउन सक्ने आकस्मिक जोखिम घट्ने तथा स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउँदा सहज भएको छ”, शाहीले भने ।
ग्रामीण स्वास्थ्य सुधार परियोजना विवाइसी बागलुङ र स्थानीय पालिकाको साझेदारीमा २२ बर्थिङ सेन्टरमा बस्ने र पकाएर खाने सुविधासहितको प्रसूति प्रतिक्षा घर निर्माण गरिएको परियोजना विज्ञ गणेश बरुवालले जानकारी दिए । सरकारको प्रसूति प्रतिक्षा घर बनाउने नीति र कार्यक्रममा परियोजना साझेदार बनेको उल्लेख गर्दै उनले गर्भवती र सुत्केरीलाई समय, खर्च बचतसँगै जोखिमसमेत घटेको छ ।
बोहोरागाउँमा प्रसूति प्रतिक्षा घर निर्माण गरिएको छ । केही स्थानमा भवन मर्मतसम्भार गरेर प्रसूति प्रतिक्षा घरको व्यवस्था गरिएको छ । धेरै स्थानमा स्वास्थ्य संस्थाभित्रै प्रसूति प्रतिक्षा घर बनाइएको छ । जिल्लामा ६८ बर्थिङ सेन्टर भए पनि आवश्यकता र प्राथमिकताका आधारमा स्थानीय सरकारले प्रसूति प्रतिक्षा घर बनाउँदै गएका छन् । प्रसूति प्रतिक्षा घरका कारण राहत मिलेको निसीखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य
बैशाख २१, २०८१ शुक्रबार
गाउँमा बालबालिकाको बसोबास नहुँदा ज्येष्ठ नागरिक चिन्तामा
बैशाख २१, २०८१ शुक्रबार
दुनाटपरी बुन्न महिलाहरुलाई भ्याइनभ्याइ
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार