अगस्त्यमा नाजिर हुसेनको लुक्स सार्वजनिक, फिल्ममा ५ फरक गेटअपमा प्रस्तुत
नेपालबहस संवाददाता
माघ २, २०८० मंगलबार १५:३४:५८
अगस्त्यमा नाजिर हुसेनको लुक्स सार्वजनिक
२ माघ, काठमाडौं । फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्यः च्याप्टर १’को फस्टलुकले निकै चर्चा पायो । नायक सौगात मल्लको दुई फरक गेटअपको पोष्टरले निकै चर्चा पाएपछि फिल्मको हाइप पनि ह्वात्तै बढेको छ ।
अब, यो फिल्मको निर्माणपक्षले नायक नाजिर हुसेनको लुक्स सार्वजनिक गर्दै नयाँ पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा नाजिरको ५ फरक गेटअप प्रस्तुत गरिएको छ । नाजिरले फिल्ममा आफूलाई ५ फरक गेटअपमा प्रस्तुत गरेको यसका लेखक तथा निर्देशक सौरभ चौधरीले जानकारी दिए ।
नाजिरको गेटअप हेर्दा पनि उनले फिल्मका लागि निकै मिहिनेत गरेको देखिन्छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, नाजिरले यो फिल्मका लागि २० केजी तौल बढाएका थिए । सार्वजनिक पोष्टरमा नाजिरको फिल्ममा सुरुवातदेखि अन्तिमसम्मको भूमिकालाई प्रस्तुत गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।
फिल्ममा नाजिरलाई ‘निसान’ पात्रको भूमिकामा देख्न सकिन्छ । डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।
यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने आँकलन भइरहेको छ । कतिपय फिल्मीकर्मीले ‘अगस्त्य’ नेपाली फिल्मका लागि ट्रेन्ड सेटर बन्ने विश्लेषण समेत गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
पर्यटन प्रवर्द्धनका लागि अन्नपूर्ण म्याराथन
जेठ ८, २०८१ मंगलबार
पलाञ्चोक भगवती : संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
जेठ ८, २०८१ मंगलबार
कालोपत्रे सडक निर्माणको काम हुँदै
जेठ ८, २०८१ मंगलबार
बाँकेमा हुरीबतासले विद्युत् आपूर्ति प्रभावित
जेठ ८, २०८१ मंगलबार
दोलखामा सञ्चालित हाडजोर्नी शिविरबाट एक हजार एक सय बढी लाभान्वित
जेठ ८, २०८१ मंगलबार