अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १४:४४:५९
३ माघ, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनौट गरेका छन् । भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा आज पुरस्कृत गरिएको हो ।
यस वर्ष मनिराम थनेत, उमादेवी कडेल, भीमप्रसाद पौडेल र कुलराज आचार्यलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः नगद रू २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कृत गरिएको थियो ।
प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा 'खम्बिर', धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुढाथोकी र टीकामाया स्मृति कोषका संरक्षक राम गुरुङले पुरस्कार वितरण गरेका हुन् ।
शिक्षकलाई सृर्जनशील बनाउन कोषले गत वर्षदेखि अभिभावक र विद्यार्थीबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गर्दै आएको विद्यालयका प्रअ शेरबहादुर केसीले बताए । “कोषले घरदैलो, अभिभावक र विद्यार्थीको भेलाबाट उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न थालेपछि शिक्षक सृजनशील बन्नुभएको छ,” उनले भने, “कोषबाट तह र विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।”
उत्कृष्ट छनौट भएका शिक्षकले यस वर्ष विद्यालयमा बगैँचा स्थापना, भित्तेपत्रिका प्रकाशन, अतिरिक्त क्रियाकलाप र खेलकुदमा योगदान गरेको कोषका संस्थापक गुरुङले बताए । गत वर्षको परीक्षामा उत्कृष्ट जिपीएका आधारमा कक्षा १ देखि ५ तर्फबाट कक्षा २ का सायु घर्ती, ६ देखि ८ तर्फबाट कक्षा ८ का अन्जान घर्ती र कक्षा १० की सन्ध्या सुनारलाई जनही रू पाँच हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको प्रअ केसीले जानकारी दिए ।
हेम मावि कक्षा ११ मा भर्ना हुने विद्यार्थीमध्ये उत्कृष्ट जिपीएका आधारमा छात्रातर्फ सुस्मिता थापा र छात्रतर्फ भेजिन्द्र सुनारलाई नगद रू १० हजार पाँच सयसहित प्रमाणपत्र प्रदान गरिएको छ । हाल अमेरिकामा होटल व्यवसाय गर्ने गुरुङले दिवङ्गत आमा टीकामायाको स्मृतिमा गत वर्ष रू दुई लाख ५० हजारको अक्षयकोष स्थापना गरेका थिए ।
यस वर्ष रू पाँच लाख पुगेको अक्षयकोषको मूलधन बढाएर रू १० लाख पुर्याउने लक्ष्य रहेको गुरुङले बताए । ब्याजबाट उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिने उनको जानकारी दिए । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल तीन सय छ जना विद्यार्थी छन् । घर टाढा र पारिवारिक समस्या भएका ३० विद्यार्थीलाई निःशुल्क छात्रावासको सुविधा दिइएको छ । विद्यालयमा १९ जना शिक्षक कार्यरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
दमौली अस्पतालमा शल्यक्रियाबाट प्रसूति सेवा सुरु
बैशाख २३, २०८१ आइतबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार