बुधबार बैंकिङ प्रणालीबाट २४ अर्ब २० करोड तरलता खिचेको राष्ट्र बैंकले बिहीबार २० अर्ब खिच्दै
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार २१:३७:२४
३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निक्षेप खिच्ने क्रमलाई निरन्तरता दिएको छ । बुधबार २४ अर्ब २० करोड रुपैयाँ तरलता खिचेको बैंकले बिहीबार पुनः २० अर्ब तरलता खिच्ने भएको छ । बुधबार ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोलमा राखेको थियो । ३७ अर्ब ७० करोडको आवेदन परेकोेमा २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको हो ।
निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिन अवधिका लागि २० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । बुधबार ३० अर्बको निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान भएको ३७ अर्ब ७० करोडको आवेदन परेको हो ।
राष्ट्र बैंकले कटअफ ब्याजदर ३.०९८८ प्रतिशत ब्याजदर कायम गर्दै २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको हो । बुधबारको निक्षेप संलकन उपकरणमा बैंकहरुले अधिकतम ३.२९९९ प्रतिशत र न्यूनतम २.८९४४ प्रतिशत ब्याजदर प्रस्ताव गरेको थिए ।
बुधबार बोलकबोलमा ल्याएअनुसारको तरलता नखिचेपनि ४ माघमा पुनः ९ अर्ब ७० करोड रुपैयाँको निक्षेप संकलन उपकरण परिपक्क हुँदै छ । बुधबार पनि २५ अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएकोले राष्ट्र बैंकले बिहीबार पुनः तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार