यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार
नेपालबहस संवाददाता
माघ ४, २०८० बिहिबार १४:१३:२२
४ माघ, काठमाडौं । नेपाली बजारमा यस वर्षकै उच्च मूल्यमा कारोबार भएको छ । पूर्वी पहाडी जिल्लाहरूमा अलैँची प्रतिमन अर्थात ४० किलोग्राम ७७ हजार रुपियाँमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा कारोबार भएको हो । कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च हो ।
केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँको दरले निरन्तर वृद्धि हुँदै आएकोमा अहिले उच्च मूल्यमा कारोबार भएको हो ।अलैँची झापाको बिर्तामोडमा भने ७९ हजार रुपियाँसम्ममा कारोबार हुने गरेको छ ।
अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि स्थानीय किसान तथा व्यवसायी हर्षित भएका छन् । अहिलेको अलैँचीको मूल्य यस वर्षको मात्र नभई चार/पाँच वर्षयताकै राम्रो हो । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३२ हजार रुपियाँसम्ममा कारोबार भएको व्यवसायीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको संकेत
माघ ९, २०८१ बुधबार
सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो
माघ ९, २०८१ बुधबार
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
माघ ९, २०८१ बुधबार
संखुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
माघ ९, २०८१ बुधबार