यू–१९ राष्ट्रिय महिला फुटबल टिममा स्याङजाका ३ खेलाडी छनोट, साफ च्याम्पियनसिप खेल्न बंगलादेश जाने
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १२:५१:५४
५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–१९ राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेको छ । आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशमा हुने साफ यू–१९ च्याम्पियनसिप २०२४ का लागि टिम घोषण गरेको हो ।
बिहिबार एन्फाद्वारा घोषित २३ जना खेलाडी मध्ये ३ जना स्याङजा वालिङका परेका छन् । वालिङबाट फुटबल खेल्दै आएकी माया मास्के, भावना परियार र सुक्रिया मिया टिम परेकी हुन् । टिममा माया फेन्डर, भावना मिडफिल्डर र सुक्रिया फरवार्डकाे भूमिकामा खेल्नेछिन् ।
सुक्रिया मिया र भावना परियारले सन् २०२२ मा बंगलादेशमा सम्पन्न यू–१५ साग च्याम्पियनसित प्रतियोगिता खेलिसकेका खेलाडी हुन् । त्यति बेला नेपाल च्याम्पियन बनेको थियो ।
माया मास्केले भने २०२३ मा बंगलादेशमा भएको यू–१७ च्याम्पियनसिप प्रतियोगितामा खेलेकी छन् । यस च्याम्पिसयसिप प्रतियोगितामा सुक्रिया र भावना नेपालको प्रतिनिधित्व गर्दै खेलेकी थिइन् ।
तिनैजना खेलाडीहरुले नेपालको यू–१० देखि खेल्दै आएकी हुन् । प्रशिक्षक दिलिप थापाका अनुसार सन् २०१३ देखि फुटबल खेल्न सुरु गरेकी हुन् ।
वालिङबाट सजिना थापा, सरिष्मा थापा, सरस्वती हमाल, सरु हमाल, सुष्मा जिटी, पुष्पा गुरुङ, अस्मिता रनपाल, सबित्री किसान, मनमाया दमाई, नुरिया मिया लगायतका महिला खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा हुने प्रतियोगितामा नेपालको तर्फबाट खेलिसकेका छन् ।
वालिङका सजिना थापा नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान हुन् । उनी रोजगारीको शिलसिलमा देशबाहिर छिन् ।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान खेल्दै छन ।
नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रुअरी २ मा खेल्नेछ । त्यस्तै दोस्रो फेब्रुअरी ४ मा भुटानसँग खेल्ने छ र अन्तिम खेल फेब्रुअरी ६ मा भारतसँग खेल्ने छ । यस पछि शिर्ष दुई टिमले फेब्रुअरी ८ मा फाइनल खेल्नेछन ।
यस्तो छ टिम नेपाल
गोलकिपरः सुजाता तामाङ, करुणा बुढाथोकी र लीला जोशी ।
डिफेन्डरः दिव्या मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई र माया मास्के ।
मिडफिल्डरः ब्रिसाना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ ।
फरवार्डः सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार