विद्रोहीको आँखा छल्दै म्यान्माका करिब ३०० सैनिक भारतमा
नेपालबहस संवाददाता
माघ ५, २०८० शुक्रबार १६:३५:६
५ माघ, गुवाहटी । म्यान्माको सेनाप्रति वफादार जुन्टा सरकारसँग लडिरहेका सशस्त्र विद्रोहीको आक्रमणबाट भाग्न करिब ३०० सैनिक सीमा पार गरी भारत प्रवेश गरेको भारतीय अर्धसैनिक बलका अधिकारीले शुक्रबार एएफपीलाई जानकारी गराएका छन् ।
गत नोभेम्बरमा अराकान आर्मी 'एए' ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि म्यान्माको भारतीय सीमा नजिकको केही भागमा तनाव बढेको थियो । यसै हप्ता उक्त समूहले भारतको मिजोरम राज्यको सिमानामा रहेको प्रमुख शहर पालेतवा र छवटा सैन्य अखडा कब्जा गरेको बताएको थियो ।
आसाम राइफल्स अर्धसैनिक बलका अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग भन्नुभयो, “हतियार र गोलाबारुदसहित कूल २७६ सैनिक बोन्डुकबाङ्सोरा गाउँमा आइपुगेका छन् ।” “हामीले उनीहरूलाई हाम्रो क्याम्पमा आश्रय दिएका छौं”, उनले भने, “आउने सैनिकलाई आवश्यक पर्ने सबै सहयोग दिइएको छ ।”
अधिकारीका अनुसार भारतीय सेनाको युनिटले ती सैनिकबाट बायोमेट्रिक डाटा सङ्कलन गरिरहेको छ र उनीहरूलाई म्यान्मा फिर्ता गर्न नयाँ दिल्लीस्थित रक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार गत नोभेम्बरमा युद्धविराम अन्त्य भएयता म्यानमाका अन्य सयौँ सैनिक युद्धबाट बच्न भारततर्फ भागेका छन् । द्वन्द्वबाट पछि हटेका सैनिकलाई लिन र स्वदेश फर्काउन म्यानमारका दुई सैनिक विमान मिजोरमको राजधानी आइजोल आइपुगेका छन् ।
गत अक्टोबरमा एए र अन्य दुई जातीय अल्पसङ्ख्यक सशस्त्र समूहको गठबन्धनले म्यान्माको उत्तरी शान राज्यमा संयुक्त आक्रमण गर्दै शहरहरू कब्जा गरेको थियो र चीनको सीमामा रहेका महत्वपूर्ण व्यापारिक केन्द्रहरू कब्जा गरेको थियो ।
गत हप्ता गठबन्धनले शान राज्यमा चीनको मध्यस्थतामा युद्धविरामको घोषणा गरेको छ । तर, यो सम्झौता भारतीय सीमा नजिकका क्षेत्रहरूमा लागू नहुने बताइएको छ । ती क्षेत्रमा यो साता पनि सेना र विद्रोहीहरूबीच लडाइँ चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार