पर्वतमा रैथाने बालीको संरक्षण गरिँदै
नेपालबहस संवाददाता
माघ ६, २०८० शनिबार १३:१८:२७
६ माघ, पर्वत । यहाँ रैथाने बालीको संरक्षण र प्रबर्द्धन गर्न थालिएको छ । स्थानीय उत्पादन र रैथाने बालीका उत्पादित वस्तुको उपभोग घट्ने तथा आयातित खाद्यान्नको उपभोग बढ्दै जान थालेपछि संरक्षण र प्रबर्द्धन गर्न थालिएको हो ।
परम्परागत रैथाने बाली लोप हुँदै गएको र उपभोगसमेत घट्न थालेपछि कृषि ज्ञान केन्द्रले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको हो । स्थानीय किसानलाई जैविक खाद्यवस्तुमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण तथा रैथाने बाली प्रबर्द्धन गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यहाँ उत्पादन हुने धान, मकै, कोदो, फापर, सिमी, चिनो, कागुनो, लट्टे, जौ, गहुँ, तोरीलगायत अन्न बाली पछिल्लो समय हराउँदै गएका छन् । ती बालीको संरक्षण गर्न अनुदानका कार्यक्रम अघि सारिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिए।
रैथाने बाली स्थानीयका लागि खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनमा आवश्यक रहेका कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी पाइने भएकाले संरक्षणमा जोड दिइएको पौडेलको भनाइ छ ।
पछिल्लो समय रैथाने बालीको उत्पादन घटेको तर परिकारको माग बढेको भए पनि कसरी उपयोग गर्ने भन्ने ज्ञानसमेत सहरी क्षेत्रमा हराउँदै गएकाले किसानलाई परिकार बनाउने र बजारीकरण गर्ने गरी तालिम दिने गरिएको सो कार्यालयले जनाएको छ ।
स्थानीय बजारमा फापर, कोदो र मकैको पीठो, कागुनोलगायत बालीको माग बढेको छ । रैथान बालीलाई व्यावसायिक रूपमा खेती गर्न सकेमा स्थानीयले यसबाट नै जीविकोपार्जन गर्नसक्ने सम्भावना रहेको वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष रैथाने बाली उत्पादन तथा प्रबर्द्धन कार्यक्रमका लागि रु पाँच लाख र प्रशोधन तथा बजारीकरणका लागि रु चार लाख रकम विनियोजन गरिएको छ ।
यसैबीच, कृषि ज्ञान केन्द्रले रैथाने बालीको उत्पादन बढाउन स्थानीय उत्पादनका विभिन्न परिकार बनाई खुवाउने गरेको छ । केन्द्रमा शुक्रबार जिल्लाका कार्यालय प्रमुख, सङ्घसंस्था साथै किसानलाई परिकार बनाएर खुवाइएको हो । यसले रैथाने बालीका उत्पादनका परिकार बनाउने र खाने प्रचलन बढ्ने अधिकृत पौडेलको भनाइ छ ।
स्थानीय होटलमा समेत रैथाने बालीका उत्पादनका विभिन्न परिकार पाइने गरेको भए पनि सोचेजस्तो उपभोग भने हुन नसकेको किसान विनोद भुसालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार