यस वर्ष बैंकहरुको तुलनात्मक रुपमा मुनाफा घट्यो
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार ११:४६:५३
७ माघ, काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय अवस्थाअनुसार वाणिज्य बैंकहरुको मुनाफा ९.९४ प्रतिशतले घटेको हो । २० वाणिज्य बैंकमध्ये अधिकांशको मुनाफा घटेको छ । पुस मसान्तमा व्यवसायीले कर तथा ब्याज भुक्तानी गर्न विभिन्न शीर्षकमा स्वीकृत भएको कर्जा प्रयोग बढाउँदा बैंक तथा वित्तीय संस्थाको कर्जा भने वृद्धि भएको छ ।
बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय अवस्थाअनुसार २० बैंकले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रूपैयाँ मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै समयमा बैंकहरुले ३१ अर्ब ९४ करोड २३ लाख ३९ हजार रूपैयाँ मुनाफा कमाएका थिए ।
वित्तीय विवरण अनुसार सबैभन्दा बढी मुनाफा गर्नेमा नबिल बैंक रहेको छ । नबिलले ३ अर्ब २० करोड ३० लाख ७९ हजार रूपैयाँ कमाएकाे छ । सबैभन्दा कम मुनाफा गर्नेमा नेपाल बैंक रहेको छ । धेरै मुनाफा आर्जन गर्नेमा यो पटक प्राइम बैंक अगाडि आएको छ । प्राइमले २ अर्ब १८ करोड २९ लाख २७ हजार रूपैयाँ कमाएकाे छ ।
ग्लोबल आइएमई बैंक पनि मुनाफा बढाएको छ । ग्लोबलकाे मुनाफा २ अर्ब ४ करोड २३ लाख २९ हजार रूपैयाँ रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब १ करोड ५३ लाख ८८ हजार रूपैयाँ रहेको छ । हिमालयन, एभरेष्ट र प्राइम बैंकको मात्रै मुनाफा बढेको छ । गत आवको दोस्रो त्रैमासमा घाटामा रहेको कृषि विकास बैंक यो पटक भने मुनाफामा गएको छ । गत आवको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख ३३ हजार रूपैयाँ ऋणात्मक रहेको कृषि विकास बैंक अहिले १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रूपैयाँ मुनाफा कमाएको छ ।
हिमालयन बैंकको मुनाफा ५७.५३ प्रतिशले बढेर १ अर्ब ५० करोड ३९ ७४ हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९५ करोड ४७ लाख ४ हजार रूपैयाँ रहेको थियो । एभरेष्ट बैंकको पनि नाफा ७.८८ प्रतिशतले मुनाफा बढाएर १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ५८ करोड ८० लाख ३ हजार रूपैयाँ रहेको छ ।
प्राइम बैंकको मुनाफा ३२.१३ प्रतिशतले बढेर २ अर्ब १८ करोड २९ लाख २७ हजार रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ६५ करोड २० लाख ४४ हजार रूपैयाँ रहेको थियो । १० बैंकको मुनाफा १ अर्ब बढी मुनाफा कमाएका छन् भने ६ बैंकको मुनाफा अर्बभन्दा कम रहेको छ । अर्बभन्दा कम मुनाफा कमाउनेमा कुमारी, नेपाल एसबिआई, माछापुच्छ्र्रे, सिटिजन्स, प्रभु र नेपाल बैंक रहेका छन् ।
यता, पुस मसान्तमा व्यवसायीले कर तथा ब्याज भुक्तानी गर्न विभिन्न शीर्षकमा स्वीकृत भएको कर्जा प्रयोग बढाउँदा बैंक तथा वित्तीय संस्थाको कर्जा पनि वृद्धि भएको छ । यस्तै नेपाल राष्ट्र बैंकले कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण गर्न दिएको सुविधा प्रयोग गर्दा ब्याज पूँजीकरण भएर साँवामा समायोजन हुँदा समेत पुस मसान्तमा कर्जा विस्तार देखिएको बैंकर बताउँछन् ।
साउन र भदौमा खासै बढ्न नसकेको कर्जा प्रथम त्रैमासको अन्तिम महिनामा पनि केही वृद्धि भएको थियो । यस्तै दोस्रो त्रैमासको कात्तिक र मंसिरमा पनि खासै बढ्न नसेकको कर्जा पुसमा आएर करिब १ खर्ब नै बढेको छ । पुस अन्तिम दिन २९ गते बैंक तथा वित्तीय संस्थाको कर्जा २७ अर्ब र निक्षेप २६ अर्ब रुपैयाँले विस्तार भएको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ ।
२८ पुसमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी चालू आर्थिक वर्ष पुसमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा ५० खर्ब ५९ अर्ब रहेकोमा २९ पुसमा बढेर ५० खर्ब ८६ अर्ब पुगेको छ । यस्तै २८ पुसमा ६१ खर्ब ४ अर्ब रहेको कुल निक्षेप २९ पुसमा बढेर ६१ खर्ब ३० अर्ब पुगेको छ ।
यसरी त्रैमासको अन्तिम दिन आएर ठूलो मात्रामा कर्जा विस्तार हुने दुई कारण रहेको एक बैंकरले बताए । राष्ट्र बैंकले त्रैमासको अन्तिममा आएर चालू पूँजी कर्जा सीमा बढाएर बैंकको ब्याजदर आयकर तथा कर्मचारीको सेवा सुविधा भुक्तानी गर्न रोक लगाए पनि प्रभावकारिता नदेखिनु हो ।
यस्तै नेपाल राष्ट्र बैंकले परिस्थितिजन्य समस्यामा रहेका ऋणीलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा दिएको छ । जसले पुसको कर्जामा सुधार देखिएको बैंकर बताउँछन् । सरकारले मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन, एफपीओको प्रिमियम र अक्सनमा शेयर बिक्री गर्दा लिएको प्रिमियमलाई नाफा मानेर बोनस वितरण गर्ने संस्थाहरूको उक्त नाफामा कर लिएपछि बैंकहरुको नाफा भने थप प्रभावित भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार