शेयरबजार दोहोरो अंकले घट्यो
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १५:४६:५०
७ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज 'नेप्से' परिसूचकमा २५ दशमलव ६३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव १८ प्रतिशतले घटेर दुई हजार एक सय ३० दशमलव १८ अङ्कको विन्दुमा कायम भएको हो ।
आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर एक लाख ६६ हजार नौ सय ८३ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ बराबरको कारोबार भएको छ ।
जलविद्युत् समुह शून्य दशमलव २० र अन्य समूह एक दशमलव ३८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह दुई दशमलव ६१ र वित्त समूह दुई दशमलव ५५ प्रतिशतले घटेको छ ।
आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिइिडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५६ करोड ७९ लाख १० हजार दुई सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ३६ हजार एक सय ५१ बराबरको कारोबार भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल वेलायत प्रस्थान
जेठ ९, २०८१ बुधबार
कर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग
जेठ ९, २०८१ बुधबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार