प्रधानाध्यापक शिवकुमार साहलाई तीन वर्ष कैद
नेपालबहस संवाददाता
माघ ७, २०८० आइतबार १६:५१:१६
७ माघ, काठमाडौं । विशेष अदालतले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई तीन वर्ष कैद सजाय तोकेको छ । एकै दिन चारवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रधानाध्यापक साहलाई विशेष अदालतले आइतबार कसुर निर्धारण गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले उनलाई १३ लाख ३२ हजार रुपैंया विगो कायम राख्दै त्यति नै थप रकम जरिवाना गर्ने फैसला गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।
चौथो मुद्दामा साढे २ वर्षदेखि ४ वर्षसम्म कैद हुनसक्ने भएकाले विगो र कसुर निर्धारणका आज सुनुवाइको मिति तोकिएको थियो । विशेष अदालतले २४ पुसमा उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको थियो । तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको थियो ।
विद्यालयका लागि निकासा भएको रकम हिनामिनाका चार फरक मुद्दामा उनलाई दोषी ठहर गरेको हो । तीन मुद्दामा उनलाई करिव १६ लाख विगो र त्यति नै जरिवानाको फैसला भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
एमाले केन्द्रीय समिति बैठक आज पनि, सदस्यहरूले बोल्ने क्रम जारी
पुष २२, २०८१ सोमबार
ललितपुर मेयर कप भेट्रान फुटबल आजदेखि
पुष २२, २०८१ सोमबार
पाँच महिनामा प्रहरीले संकलन गर्यो २ अर्ब २४ करोड बढी राजस्व
पुष २२, २०८१ सोमबार
गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका
पुष २२, २०८१ सोमबार
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
पुष २२, २०८१ सोमबार
तराईमा शीतलहर, कठ्याग्रिँदो जाडोले जनजीवन प्रभावित
पुष २२, २०८१ सोमबार