हुस्सु र तुषारापातले मधेशको जनवीवन कष्टकर, बुढाबुढीमा निमोनियाको समस्या बढ्दै
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार ८:७:१२
८ माघ, रौतहट । लगातार तीन हप्तादेखिको चिसोका कारण रौतहट सहित मधेशको जनजीवन प्रभावित बनेको छ ।
विगत एक सातादेखि परेको तुषारोका कारण रौतहटको जनजीवन झन प्रभावित बन्दै गएको हो । पानी परेजस्तै परेको तुषारोका कारण ग्रामीण जनजीवन कष्टकर बनेको हो ।
अत्याधिक चिसोका कारण सर्वसाधारणहरू घरबाट बाहिर निस्कन सक्ने अवस्था रहेको छैन । चिसोका कारण बजारमा चहलपहल समेत घटेको व्यापारीहरूले जनाएको छ । एक सातादेखि परेको तुषारोका कारण सर्वसाधारणहरूको चहलपहल बजारमा घट्दै जान थालेको व्यापारीहरूको भनाइ रहेको छ ।
जाडोका कारण रौतहटका सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीको संख्या समेत घट्दै जान थालेको छ । पहिलेको तुलनामा जाडोका कारण सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमी आएको रौतहट जिल्ला भूमिसुधार कार्यालयका कार्यालय प्रमुख उदयप्रसाद देवकोटाको भनाइ रहेको छ ।
एक हप्तादेखिको तुसारोका कारण किसानहरूले लगाएको नगदे बाली मुसुरो तोरीमा नराम्रो क्षति पुगेको किसानहरूको भनाइ रहेको छ । जाडो बढेसँगै जाडोबाट हुने विभिन्न रोगका बिरामीहरूको सङ्ख्या समेत सरकारी अस्पतालमा बढ्दै जान थालेको छ । जाडो बढेपछि बुढाबुढीमा निमोनिया जस्ता रोगहरू देखा पर्न थालेको चन्द्रनिगापुरस्थित सरकारी अस्पतालका डाक्टर रामजी रामले बताए । जाडो बढेसँगै जाडोबाट लाग्ने विभिन्न रोगका रोगीहरूको अस्पतालमा भिड लाग्न थालेको डाक्टर रामले जानकारी दिए ।
विगत एक सातादेखिको तुषारोका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सर्वसाधारणको दैनिकी समेत प्रभावित हुँदै जान थालेको छ । जाडोले काम गर्ने अवस्था नभएका कारण आफूहरू घरमै बस्न बाध्य भएकाले बिहान बेलुकाको छाक टार्न समस्या भएको कटहरियाका हरिकृष्ण रामले गुनासो गरे ।
विगत तीन सातादेखिको हुस्सु शीतलहर र तुसारोका कारण पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनहरूले दिउँसै लाइट बालेर हिँड्नुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक सुशील आचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरण : रवि लामिछानेसहितको मुद्दामा आज आदेश आउन सक्ने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार